बगनासकाली पत्रकार समुहको दोस्रो अधिवेशन सम्पन्न

मेचीकाली संवाददाता

१७ बैशाख २०८०, आईतवार
222 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली पत्रकार समुहको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले भोजराज तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय समूहको सर्वसम्मत पुर्नगठन गरेको छ । जसको उपाध्यक्षमा नेत्र गैरे , सचिवमा दयाराज न्यौपाने रहेका छन् भने सह सचिवमा किरन रसाइली कोषाध्यक्षमा अम्बिका पाण्डे रहेका छन । यस्तै सदस्यहरुमा संगिता आचार्य , शिव बस्याल, कमल गैरे, र हरि प्रसाद भट्टराइ रहेका छन् ।


कार्यक्रममा प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले पत्रकार समूहले बगनासकालीको बिकास र प्रचार प्रसारमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले बगनासकालीको समृद्धिको नारालाई पुरागर्न स्थानिय सरकारको सहयोगी रहने र समग्र बगनासकालीको बिकासमा कोशेढुंगा साबित हुने समेत बताए । कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पेशागत दक्षता वृद्धि गर्दै समाजमा भए गरेका कामको निगरानी गर्ने दायित्व पत्रकारिता क्षेत्रको भएको बताए ।


साधारणसभामा समूहका सल्लाहकार गोबिन्द भट्टराई, झपेन्द्र गहिरे, देव पचभैया कमलराज तिमिल्सिना , प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की , प्रेस युनियन पाल्पाका अध्यक्ष भरत शर्मा , प्रेस सेन्टरका अध्यक्ष कृष्ण दर्नाल , नेपाली कांग्रेसका यमलाल तिमिल्सिना , नेकपा माओवादी केन्द्रका खुम बहादुर बिक , रास्वापाका जिल्ला सचिव सुमन गैरे, वडा अध्यक्ष शेर बहादुर चिदी, कृष्ण भुसाल , भोजराज भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकार समूहले समाजमा भए गरेका कामको अगुवाइ र खबरदारी गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


बगनासकाली पत्रकार समूहको स्थापनाको उदेश्य र स्थापना भएको ५ बर्ष मा गरेका कामको बारेमा बताउदै यज्ञमुर्ति तिमिल्सिनाले समूहले छोटो समयमै पत्रकारिता क्षेत्र र पालिकाको बिकासमा सहकार्य गरेको उल्लेख गरेका थिए ।