डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

मेचीकाली संवाददाता

२४ बैशाख २०८०, आईतवार
194 shares

काठमाडौं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।

सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो ।

डीभी परेरनपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।