एभरेष्ट बैंक भैरहवा शाखाको सेवा अब आफ्नै भवनबाट

मेचीकाली संवाददाता

२४ बैशाख २०८०, आईतवार
199 shares

बुटवल । एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखाले आफ्नै भवनबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार सुरु गरेको छ । आइतबारदेखि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ प्रहरी टोलस्थित आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु भएको हो ।

उक्त नवनिर्मित भवनको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का. रुपन्देहीका प्रहरी निरिक्षक सुरेन्द्र पन्त, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले एभरेष्ट बैंक यस क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेखनिय भूमिका खेलेको धारण व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले आफ्नै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंकसँग आबद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।

पजांब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशैभर छरिएर रहेका १२४ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।