एक लाख बढीको अबैध काठ बरामद

मेचीकाली संवाददाता

२७ बैशाख २०८०, बुधबार
665 shares

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १ लाख १९ हजार बराबरको काठ बरामद गरेको छ । बुधबार विजयनगर गाउँपालिका ७ दत्तपुर स्थित प्रहरी चौकी ठाकरापुर र बि.ओ.पि. डालपुरबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलिले अवैध काठ बरामद गरेको हो ।

गस्ति टोलिले खेतको परालमा लुकाई छिपाई राखेको अवैध सिसौको २६ गोलिया ३० क्यू फिट काठ बरामद गरि आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए ।