विवेकशीलको १८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

मेचीकाली संवाददाता

२८ बैशाख २०८०, बिहीबार
391 shares


तुलसीराम पौडेल —
सियारी, बैशाख २८
रुपन्देहीको सियारी गाउँपालिका -६ मदन गन्ज स्थित विवेकशील आधारभुत विद्यालयको १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस एक कार्यक्रमका बीच बुधबार सम्पन्न भयो। लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको शैक्षिक स्तर उच्च बनाउनको लागि अभिभावक र शिक्षक बीच समन्वय हुनुपर्ने बताउनु भयो ।कार्यक्रममा विद्यालयलाई योगदान गर्नुहुने चन्दादाता, समाजसेवीलाई , विद्यालयका शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।त्यसै गरि शैक्षिक कार्यक्रम अन्तरगत विद्यालय प्रथम ,दोस्रो , तेस्रो र कक्षागत प्रथम ,दोस्रो तथा तेस्रो लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विमला रेग्मी पाण्डेले विद्यालयको आर्थिक ,शैक्षिक तथा भौतिक पुर्वाधार सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य पदम बहादुर खनालको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता , सियारी -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सस्थापक भरत अर्याल ,विद्यालयका सस्थापक प्रधानाध्यापक तथा त्रीवेणी आधारभुत विद्यालयका प्रधानाध्यापक मथुरा यादव , पुर्व प्रधानाध्यापक रोहित गुप्ता ,समाजसेवी बिष्णु पाण्डे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
विद्यार्थी शिवशंकर गुप्ताको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक शुसिला शर्माले गर्नुभएको थियोे ।