बाल अधिकार समुहको आयोजनामा सडक नाटक प्रदर्शन

मेचीकाली संवाददाता

३० बैशाख २०८०, शनिबार
210 shares

बाँके । जानकी गाउँपालिका–४ खजुरा खुर्दस्थित जानकी माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार सचेतना समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गीक विभेदविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

शुक्रबार समुदायमा भएका शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गीक विभेद विरूद्धका समस्याहरूलाई सचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको हो । बाल अधिकार समुहले तयार गरी जानकी माध्यमिक विद्यालय र खजुरा खुर्द टोलमा देखाएकोे संरक्षक शिक्षक अक्लेश बर्माले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसागर यादवले विद्यालयमा विद्यार्थीहरूको पहिलो प्रयास हो विस्तारै सिक्दै जाने बताउँदै शिक्षक लगायत समिति मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जानकी माध्यमिक विद्यालय प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले सडक नाटक मार्फत बालबालिकाले अभिभावकहरूलाई सचेत बनाउन टेवा पु¥याएको र विद्यालय परिवारले सहकार्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बाल अधिकार सचेतना समुहको सचीव राजकुमार यादवले विद्यालयमा पहिलो पटक नाटक गरेकोले खुशि व्यक्त गर्दै आगामी दिनमा सडक नाटक सम्बन्धी क्षमता अभिवृद्धि गर्न तालीम हुनुपर्ने बताए ।

त्यसैगरी खजुरा गाउँपालिका–४बद्रिपुर जनकल्याण माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित मिरमिरे बाल अधिकार सचेतना समुहले पनि बाल अधिकार र लैङ्गीक हिंसा विरूद्ध सडक नाटक प्रदर्शन गरेको बाल अधिकार सचेतना समुह संरक्षक शिक्षक तिर्थबहादुर शाहीले बताए ।