शुद्दोधन गाउँपालिकामा १५ दिने डल कुश तालिम सम्पन्न

मेचीकाली संवाददाता

१ जेष्ठ २०८०, सोमबार
207 shares

तुलसीराम पौडेल —
शुद्दोधन , जेठ १
रुपन्देहीको शुदोधन गाउँपालिकामा १५ दिने डल कुश तालिम सम्पन्न भयो ।शुद्दोधन गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्दम विकास कार्यक्रम अन्तरगत MEDPA TA १५ दिने डल कुश तालिम सम्पन्न भएको हो।तालिम बैशाख १७ गतेदेखि संचालन भएको थियो ।तालिमको सहजीकरण प्रशिक्षक उमा चौधरीले गर्नुभएको थियोे ।आइतबार शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसादले तालिम समापनको अवसरमा सम्बोधन गर्नुहुदै तालिममा सिकेको सिपलाई सदुपयोग गर्नको लागि उत्पादन मुखी बनाउनुपर्ने बताउनु भयो ।त्यसै गरि गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले तालीममा सिकेका कुराहरु व्यबहारमा उतार्नुपर्ने बताउनु भयो।शुद्दोधन गाउँपालिका वडा नम्बर ५ का सदस्य भिमबहादुर छाहारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिस्ट आतिथ्यता, गाउँपालिका लघु उद्दमकि राधिका चौधरीको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा शुद्दोधन -७ का कार्यवाहक वडा अध्यक्ष भिमनारायण चौधरी ,सहभागी प्रशिक्षार्थी दुर्गा कुमारी थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन उषा तामाङले गर्नुभएको थियोे ।