मोतिपुरमा उद्द्घोषण तालिम शुरु

मेचीकाली संवाददाता

१ जेष्ठ २०८०, सोमबार
454 shares


तुलसीराम पौडेल —
मोतिपुर, जेठ १
श्री मोतिपुर सामुदायिक सिकाई केन्द्र बुटवल -१७ मोतिपुर रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा ६ दिने उद्द्घोषण तालिम मोतिपुर -१७ को सामुदायिक हलमा सोमबारदेखि शुरु भयो । बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मिले एक कार्यक्रमका बीच तालिम उद्द्घाटन गर्नुभयो । तालीममा प्रशिक्षक डा. दीपेन्द्र पोखरेलले प्रशिक्षण एवं सहजीकरण गर्नुभएको छ ।
कार्यक्रम सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कपिलमनि ढकालको अध्यक्षता ,बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मिको प्रमुख आतिथ्यता, वडा नम्बर -१९ का वडा अध्यक्ष चन्द्रसिह थापाको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो । जसमा ५० जना प्रशिक्षार्थीहरु रहेका छन !सामुदायिक सिकाइ केन्द्रकी सदस्य कविता कोइरालाको स्वागत मन्तव्य ,सामाजिक परीचालिका इशु पुनको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल -१७ का वडा सचीव राधिका श्रेष्ठ लगायतले मन्तव्य दिनु भएको थियोे ।