लामो दूरीको भाडा घट्यो, कहाँको कति ? [सूचीसहित]

मेचीकाली संवाददाता

३ जेष्ठ २०८०, बुधबार
191 shares

काठमाडौँ । मंगलबार रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

कहाँको कति ?

https://drive.google.com/file/d/1i1GHIx8NL9zrHhmD_YeeUaxHh_1ELvkY/preview