कर्तब्य ज्यान मुद्धामा संलग्न फरार प्रतिवादी पक्राउ

मेचीकाली संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार
140 shares

कपिलवस्तु । रोल्पाको सुनछहरी गाँउपालिका वडा ६ फगाम घर भई हाल शिवराज नगरपालिका ५ बस्ने अन्दाजी ३६ वर्षीय केशु बि.कलाई कर्तव्य गरी मारेको आरोपमा पति ४० वर्षीय गर्भे बिकलाई प्रहरीले जेठ २ गते प्रहरीले पक्राउ गरेको छ । ०७९ फागुन २० गते शिवराज नगरपालिका वडा ५ चन्द्रौटा स्थित निर्माणधिन बस गाडीको रिफ्रेस सेन्टरको शौचालयको सेप्टी ट्याङकी भित्र नामथर वतन नखुलेको महिलाको शव रहेको छ भन्ने सूचना वडा प्रहरी कार्यालय चन्द्रौटाले पायो ।

सो पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय चन्द्रौटाको अनुसन्धान टोली उक्त स्थानमा पुगेको थियो । अनुसन्धान टोली उक्त स्थानमा खटी गई सो ट्याङकीको पानी भित्र अनुहारको भाग पानीमा घोप्टो अवस्थामा रहेको र शवलाई बाहिर निकाली हेर्दा उक्त शव महिलाको रहेको , मृत लाशमा औशा किरा परी दुर्गन्धित अवस्थामा रहेको थियो ।

मृतक लाशको घटनास्थल लाश जाँच मुचुल्का लगायतको सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा पठाईएको थियो । उनिहरु छोरा छोरी तथा पति सहित निर्माणधिन बस गाडीको रिफ्रेस सेन्टरको भवनमा बस्दै आएका थिए । केशु बि.क.लाई उनकै पति गर्भे बि.क.ले कर्तब्य गरी मारेर ट्याङकी भित्र फाली फरार भएको भन्दै कार्यालयबाट पक्राउको लागी हुलिया परिपत्र जारी गरेको थियो ।

खोजतलासको क्रममा काठमाण्डौ उपत्यका प्रहरी अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा २०८० जेठ २ गते काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा १० सतंगुल बाटफेला पारी पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटामा दाखिला भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटना पश्चात लुकिछिपी बस्दै आएका आरोपीत बिरुद्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताउनु भयो ।