मानव अधिकार समूह कपिलवस्तुको नियमित बैठक

मेचीकाली संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार
151 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुको नियमित बैठक सम्पन्न भएको छ । मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुस्पा रेग्मीको अध्यक्षतामा जेठ ५ गते कपिलवस्तु नगरपालिका ३ कालिका टोलमा बैठक सम्पन्न गरिएको हो ।

बैठकमा समूहले योजना अनुसार सम्पन्न गरेका अभियानहरुको समिक्षा र बिद्यालयमा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूहको आयोजनामा सम्पन्न गरिएका सडक नाटकहरुको समिक्षा गरिएको थियो ।

बैठकमा बिद्यालयहरुको अनुगमन गरि समस्याहरु पहिचान गर्ने र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने , आगामी आर्थिक वर्षमा अभियानलाई सक्रिय बनाउन नगरपालिका तथा वडा कार्यालयहरुमा प्रस्तावना पेश गर्ने लगाएतको बिषयमा छलफल गर्नुका साथै बिभिन्न निर्णयहरु भएको समूहका सदस्य कृष्ण अग्रहरीले बताउनु भयो ।

बैठकमा समूहका सदस्य प्रेमसागर थारुले मानव अधिकार सचेतना अभियान संचालन गर्नकालागि कार्ययोजना बनाई समूहलाई व्यवस्थित बनाउन पालिका तथा वडाहरुमा कार्यक्रम माग गर्नुपर्नेमा जोड दिनु भयो ।

समूहका अध्यक्ष रेग्मीले शिक्षा , स्वास्थ्य , वातावरण , लैगिंक हिंसा , छुवाछुत , बाल विवाह , दाईजो प्रथा लगाएतका सवालहरुमा देखिएका समस्याहरुलाई पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसंग सदैव खबरदारी गर्ने प्रतिवद्धता जनाउनु भयो ।

पुष्पा रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका सदस्यहरु र इन्सेक प्रतिनिधी पार्वती आचार्यको सहभागिता रहेको थियो ।