पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि सचेतनामूलक अभियान

मेचीकाली संवाददाता

६ जेष्ठ २०८०, शनिबार
805 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरवासिको शान पूर्ण सरसफाई अभियान’ भन्ने नारा सहित पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि सचेतना मूलक कार्यक्रम गरिएको छ । मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका ६ गोवरीको आयोजना , कपिलवस्तु नगरपालिका वडा नं. ६ को वडा कार्यालयको आर्थिक सहयोग तथा इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको समन्वयमा उक्त सचेतना मूलक अभियान गरिएको हो ।

गाउँघरमे शौचालय बनावाजाय अपना अपना ईज्जत बचवाजाय , खुला दिशा नर्कको भिसा , चर्पिके प्रयोग कराजाय बहुबिटीयाके ईज्जत बचावजाय , चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिवाना गरौं , हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ , सबैले उमालेको पानी पिंऔं झाडापखालाबाट बचौं भन्ने नारा सहितको ¥यालि गरिएको थियो ।

यस्तै साबुन पानीको प्रयोग गरौं हरेक रोगहरुबाट बचौं , माक्स लगाऊ कोरोना भगाऊँ , स्वस्थ्य सुखी र संमृद्ध घर परिवार देश बिकासको आधार लगाएतका प्लेकार्ड सहित गोवरी चौराहा देखि माईकिङ् र प्लेकार्ड सहित निकालिएको ¥याली तिलौरा गाउँ हुँदै गोवरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामजित कुर्मीले सरसफाई नै मानव जिवनको मुख्य आधार भएको हुँदा वडावासी सम्पूर्ण नागरिकहरुले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । घरमा सौचालय भएका सबैले दिशापिसाव सौचालयमा नै गर्न आग्रह गर्दै सौचालय भन्दा बाहिर खेत सिमाना घोला जाहाँकही अनुगमनको क्रममा दिशा गर्न बसेको फेला पारेमा कानुनी कारवाही गरिने अध्यक्ष कुर्मीले बताउनु भयो ।

यस्तै मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका संस्थापक तथा इन्सेक मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आ आफैंले व्यवस्थापन गर्न सके बिभिन्न रोगहरु नलाग्ने भएको हुँदा सरसफाईमा वडावासिहरु एकजुट हुन आग्रह गर्नु भयो ।

गोवरी गाउँका सौंचालय प्रयोग नगर्ने तिन वटा घर , सडक र नालीको इन्सेक मानवअ अधिकार समूहका अध्यक्ष , मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका अध्यक्ष तथा सेयर सदस्यहरु , इन्ेसेक जिल्ला प्रतिनिधि , ओरेकका सामाजिक मनोबिमर्शकर्ता लगाएतले घरभेट तथा अनुगमनका क्रममा परामर्श गर्दै सौचालयको प्रयोग गर्न आग्रह गरेका छन् । साथै सडकमा यत्रतत्र राखिएका गोवरको कण्डा , बालु ,गिट्टी, ईट्टा र यत्रतत्र फालिएका प्लाष्टि लगाएतका फोहोरहरु सम्बन्धित परिवारलाई भेटगरी व्यवस्थापन गर्नकालागि परमर्श समेत गरिएको थियो ।

कार्यक्रम मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेको अध्यक्षता तथा संस्थाका लेखा समिती संयोजक सुशिला थापाको संचालनमा सम्पन्न भएको थियो । पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि सचेतना मूलक कार्यक्रम तिन दिन सम्म संचालन हुने छ जेठ ६ गते गोवरी गाउँमा सम्पन्न गरिएको , जेठ ७ गते सेमरी र जेठ ८ गते रामापुर बिद्यालय संग कार्यक्रम गरिने मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका संस्थापक तथा इन्सेक मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले जानकारी दिनु भयो ।