मानव अधिकार समूहसँग इन्सेकको छलफल बैठक सम्पन्न

मेचीकाली संवाददाता

६ जेष्ठ २०८०, शनिबार
111 shares

लक्ष्मी थारु

बाँके । राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहसँग इन्सेक डीसीए कार्यक्रम अधिकृत टेकनाथ आचार्यको विशेष उपस्थितिमा जेठ ५ गते मानव अधिकार समूहको गतिविधिका राप्ती सोनारीमा मानव अधिकारको अवस्थाका बारेमा छलफल सम्पन्न भएको छ ।

छलफल बैठकका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले मानव अधिकार समूह लुज फोरम मात्र नभई वैधानिक रूपमा लैजान पर्ने कुरालाई जोड दिदैँ मानव अधिकार समूहको सहकार्यमा कार्यक्रम गर्ने चाहना हुँदा हुँदै पनि बजेट अभाव तथा नीतिले बाढिएको हँुदा बाधा व्यवधान भएको भन्दै तथापी पनि समूहको कार्यमा समन्वय सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

छलफलमा उपभोक्ता हित संरक्षण समितिको प्रभावकारी कार्यान्वयन हुन नसकेको र वातावरण अधिकारलाई पनि प्राथमिकता राख्न मानव अधिकार समूहले उपाध्यक्ष मनिषासिंह थारूलाई अनुरोध गरेका थिए ।

मानव अधिकार समूहकी संयोजक धनी वलीले राप्ती सोनारी गाउँपालिकामा शिक्षा,स्वास्थ्य, खाद्य, विभेद विरूद्धको सवालमा समुदायमा सचेतना फैलाउदँदै जिम्मेवार निकायलाई जवाफदेही बनउान वकालत गरिरहेको भन्दै बालविवाह न्यूनिकरण, खाद्य अधिकार र वातावरण अधिकारमा चुनौती रहेको बताउनुभयो ।

मानव अधिकार समूले शिक्षा, स्वास्थ्य क्षेत्रमा वडाको समन्वयमा भेटघाट तथा अनुगमन गर्ने , वातावरण अधिकार सम्बन्धी कार्यक्रमका लागि पहल गरी वातावरण सम्बन्धी सचेतना फैलाउने, खाद्य अधिकारका विषयमा पालिका उपाध्यक्ष सहकार्य गरी अनुगमनमा तीव्रता दिने जस्ता आगामी कार्ययोजना पनि तय समूहका सचिव प्रेम चौधरीले बताउनुभयो ।

समूहका सदस्यहरूले आफ्नो वडामा गरेका गतिविधिको बारेमा अनुभव आदानप्रदान गरेको थिए ।बैठकमा पालिका स्तरीय मानव अधिकार समूह ,वडा स्तरीय मानव अधिकार समूह र राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पोडेल र उपाध्यक्ष मनिषासिंह थारूको सहभागीता रहेको थियो ।

इन्सेकले विगत चार वर्ष देखि राप्ती सोनारी गाउँपालिकामा स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पहल कार्यक्रम सञ्चालनका गतिविधि गर्दै आएको थियो ।