मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले ग¥यो सामुदायिक बिद्यालयको अनुगमन

मेचीकाली संवाददाता

७ जेष्ठ २०८०, आईतवार
170 shares

सुनिल आचार्य

कपिलवस्तु । मानव अधिकार कपिलवस्तु र बाल अधिकार चेतना समूहले कपिलवस्तु नगरपालिकाका तिनवटा सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन गरी समस्याहरुको पहिचान गरेको छ । टोलिले आधारभुत आवश्यकता खानेपानी , शौचालय, कक्षाकोठाको व्यवस्थापन , सरसफाई , अभिभावकको विद्यालय प्रतिको दायित्व , बालमैत्री विद्यालय तथा वातावरण मैत्री विद्यालय , अपांगमैत्री बिद्यालयको अवस्था । शिक्षक र बिद्यार्थीहरुको पोषाक , दिवाखाजा , शिक्षक दरवन्दी , बिद्यार्थी ड्रपआउटको अवस्था लगाएतको समस्याहरुको पहिचान गरिएको मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बताउनुभयो ।

अनुगमनका क्रममा कपिलवस्तु नगरपालिका ५ स्थित श्री कोटिग्राम माबिमा ०८० जेठ ७ गते इन्सेक संग आवद्ध मानव अधिकार समूह र बाल अधिकार चेतना समूहको टोलिले स्थलगत अनुगमन ग¥यो । अनुगमन गर्दा टोलिले २०१३ सालमा स्थापना भएको बिद्यालयमा बिद्यालय हो भन्ने कुनै आधार नदेखिएको , बिद्यालयमा व्यानर बोर्ड केही नभएको अनुगमन टोलिले जनाएको छ ।

यस्तै खानेपानी र सौचालयको समस्या , बिद्यालय प्रांगण भित्र माछा बजार बनाईएको , शिक्षकहरु डे«समा नभएको , बिद्यालय प्रांगण भित्र बराती राख्दा पुरै फोहोर भएको , बिद्यार्थी संख्याको तथ्यांक नभएको , सरकारले निशुल्क बितरण गर्ने किशोरीहरुकालागि सेनेटरी प्याड गुणस्तरिय नभएको , बिद्यालयमा सूचना पाटी , दिवाखाजाको व्यवस्थापन , प्रधानाध्यापकको कार्यकक्ष व्यवस्थित नभएको अनुगमन टोलिले समस्याहरुको पहिचान गरेको थियो ।

यस्तै वडा नं. १२ सौराह स्थित श्री कालिकाजन माबिमा सोहि दिन अनुगमन गर्दा बिद्यालयमा फाहोर व्यवस्थापन नभएको , सेनेटरी प्याड गुणस्तिरिय नभएको , खानेपानीको समस्या , कक्षा ९ मा अध्ययन गर्ने बिद्यार्थीहरु धेरै ड्रपआउट हुने गरेको , प्रधानाध्यापक कक्ष व्यवस्थापन नभएको , कक्षाकोठा , सौचालय , बिद्यालय प्रागंणमा फोहोर यत्रतत्र रहेको पाइएको थियो । दक्ष जनशक्तिको अभाव , माविमा ल्याव र आईसिटीको व्यवस्थापन नभएको पाईएको थियो ।

दुबै बिद्यालयहरुमा बिद्यार्थीहरु नियमित नभएको पाईको हुँदा यस बिषयमा नगरपालिका वा स्थानियतह जिम्मेवार हुनुपर्ने देखिएको छ । सम्बन्धित नगरपालिकाले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षा , स्वास्थ्य , खाद्य लगाएतका समस्याहरु बुझ्न जरुरी छ । यस्तै तौहिवामा हप्ताको २ दिन शनिबार र मंगलबार लाग्ने हाटबजारको समेत अनुगमन गरेको छ ।

यसैगरी वडा १ स्थित श्री तौलेश्वर नाथ माविमा अनुगमन गर्दा श्री तौलेश्वर नाथ माविमा बहिरा तथा सुस्त श्रवरण श्रोत कक्षा छात्रबासको अनुगमन गरी समस्याहरु पहिचान गरेको छ । मानव अधिकार समूह र बाल अधिकार समूहले पहिचान गरेका बिभिन्न समस्याहरुलाई जेठ ८ गते कपिलवस्तु नगरपालिकाका प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाउने अनुगमन टोलिका सदस्य तथा बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीले बताउनु भयो । अनुगमनमा समूहका पदाधिकारीहरु , इन्सेक प्रतिनिधि , संचारकर्मी लगाएतको उपस्थित रहेको थियो । शिक्षामा न्यून बजेट बिनियोजन गरिदिंदा प्रशासनिक खर्च चलाउन समस्या भएको बिद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरेका छन् ।