पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापनको सचेतनामूलक अभियान सम्पन्न

मेचीकाली संवाददाता

८ जेष्ठ २०८०, सोमबार
252 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तु नगरवासिको शान पूर्ण सरसफाई अभियान’ भन्ने नारा सहित पूर्ण सरसफाई अभियान तथा फोहोर मैला व्यवस्थापन सम्बन्धि तिन दिने सचेतना मूलक कार्यक्रमको समापन गरिएको छ । मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका ६ गोवरीको आयोजना इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको समन्वय तथा कपिलवस्तु नगरपालिका वडा नं. ६ को वडा कार्यालयको आर्थिक सहयोगमा उक्त सचेतना मूलक अभियानको समापन गरिएको हो ।

वडा नं. ६ मा पहिलो दिन गोवरी र तिलौरा , दोश्रो दिन लक्ष्मी नगर , सेमरी र तेश्रो दिन थुमुवा चोक हुँदै शिवपुरा , निगालि हुँदै रामापुर पुगेर अभियानको कोणसभा गरी कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामजित कुर्मीले यस सरसफाई अभियानमा स्थानियहरुले लापर्वाही गरे स्थानियतहबाट दिईने सेवासुविधा बाट बञ्चित हुने बताउनु भयो । सरसफाई नै मानव जिवनको मुख्य आधार भएको हुँदा वडावासी सम्पूर्ण नागरिकहरुले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । घरमा सौचालय भएका सबैले दिशापिसाव सौचालयमा गर्न अनुरोध गर्दै समन्वय भूमिका खेल्ने इन्सेक मानव अधिकार समूह र आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा अतिथी श्री बुद्ध बिद्या पीठ प्राविका प्रधानाध्यापक पार्वती भुषालले सरसफाईमा सबै समुदाय लाग्न जरुरी भएको बताउनु भयो । बिद्यालयलाई सरसफाई राख्न र जिर्ण भवनको मुहार फेराउन अभिभावक तथा स्थानियको साथ सहयोगको खाँचो भएको उहाँको भनाई छ ।

यस्तै बिद्यालयका शिक्षक राम प्रसाद भुषालले सरसफाईको महत्वबारे बताउँदै सबैले सौचालयमा दिशा पिसाप गर्न आग्रह गर्नुभयो । अभिभावकहरुले जस्तो सिकायो बालबालिकाहरुले पनि त्यस्तै सिकाई सिक्ने भएको हुँदा यस बिषयमा अभिभावक सचेत हुनुपर्नेमा जोडदिनु भयो ।

इन्सेक मानव अधिकार समूह लुम्बिनी प्रदेश संजाल संयोजक तथा मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका संस्थापक पुष्पा रेग्मीले समापन कार्यक्रमको सहजीकरण गर्दै सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आ आफैंले व्यवस्थापन गर्न सम्पूर्णमा आग्रह गर्नु भयो ।

तिनदिन सम्म संचालन अभियानमा गाउँघरमे शौचालय बनावाजाय अपना अपना ईज्जत बचवाजाय , खुला दिशा नर्कको भिसा , चर्पिके प्रयोग कराजाय बहुबिटीयाके ईज्जत बचावजाय , चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिवाना गरौं , हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ , सबैले उमालेको पानी पिंऔं झाडापखालाबाट बचौं भन्ने नारा सहितको ¥यालि बिभिन्न स्थानहरुमा गरिएको थियो ।

यस्तै साबुन पानीको प्रयोग गरौं हरेक रोगहरुबाट बचौं , माक्स लगाऊ कोरोना भगाऊँ , स्वस्थ्य सुखी र संमृद्ध घर परिवार देश बिकासको आधार लगाएतका प्लेकार्ड सहित गोवरी चौराहा देखि माईकिङ् र प्लेकार्ड सहित निकालिएको ¥याली तिलौरा गाउँ हुँदै गोवरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जेठ ६ गते देखि शुरु भएको अभियानको जेठ ८ गते रामापुर श्री बुद्ध पीठ बिद्यालयमा कार्यक्रमको समापन गरिएको मायाँदेवी बहुउद्देश्यि महिला सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा इन्सेक प्रतिनिधि ,आयोजक संस्थाका संचालक समिती , सेयर सदस्यहरु , संचाकर्मी , बिद्यार्थी , अभिभावकहरु लगाएतको उपस्थिती रहेको थियो ।