मानव अधिकार समूह र बालअधिकार चेतना समूहद्वारा ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

९ जेष्ठ २०८०, मंगलवार
229 shares

सुनिल आचार्य

कपिलवस्तु । मानव अधिकार समूह कपिलवस्तु र बाल अधिकार चेतना समूहद्वारा कपिलवस्तु नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समूह, बाल अधिकार चेतना समूह र इन्सेक प्रतिनिधि सहितको संयुक्त टोलिले जेठ ७ गते नगरपालिका अन्तरर्गतका तिन वटा बिद्यालयमा स्थलगत अनुगमन गरेको थियो । मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

कपिलवस्तु नगरपालिका वडा नं. ५ स्थित श्री कोटिग्राम माबिमा अनुगमन गर्दा टोलिले २०१३ सालमा स्थापना भएको बिद्यालयमा बिद्यालय हो भन्ने कुनै आधार नदेखिएको , बिद्यालयमा व्यानर बोर्ड केही नभएको , खानेपानी र सौचालयको समस्या , बिद्यालय प्रांगण भित्र माछा बजार बनाईएको , शिक्षकहरु डे«समा नभएको , बिद्यालय प्रांगण भित्र बराती राख्दा पुरै फोहोर भएको , बिद्यार्थी संख्याको तथ्यांक नभएको , सरकारले निशुल्क बितरण गर्ने सेनेटरी प्याड गुणस्तरिय नभएको , बिद्यालयमा सूचना पाटी , प्रधानाध्यापकको कार्यकक्ष व्यवस्थित नभएको अनुगमन टोलिले समस्याहरुको पहिचान गरेको थियो ।

यस्तै वडा नं. १२ सौराह स्थित श्री कालिकाजन माबिमा अनुगमन गर्दा बिद्यालयमा फोहोर व्यवस्थापन नभएको , सेनेटरी प्याड गुणस्तिरिय नभएको , खानेपानीको समस्या , कक्षा ९ मा अध्ययन गर्ने बिद्यार्थीहरु धेरै ड्रपआउट हुने गरेको , शिक्षकहरु स्कूल ड्रेसमा नभएको , कक्षाकोठा , सौचालय , बिद्यालय प्रागंणमा फोहोर यत्रतत्र रहेको पाइएको थियो । दक्ष जनशक्तिको अभाव , माविमा ल्याव र आईसिटीको व्यवस्थापन नभएको पाईएको ध्यानाकर्षण पत्रमा समावेस गरिएको छ ।

यसैगरी वडा १ तौलिहवा स्थित श्री तौलेश्वर नाथ माविमा अनुगमन गर्दा श्री तौलेश्वर नाथ माविमा बहिरा तथा सुस्त श्रवरण श्रोत कक्षा छात्रबास नभएको , धाईआमा एवं स्थायी शिक्षकलाई श्रोत शिक्षकको ईन्चार्ज एवं हाल नगर अनुदानको शिक्षकलाई निरन्तरता दिनुपर्ने । अपांगता छात्रबृत्ति लेखाजोखाको सहयोगमा छनोट गरेर मानव श्रोत बिकास केन्द्रको श्रोत पुस्तिका अनुसार निती निर्धारण गरेर बितरण गरिनु पर्ने , श्री तौलेश्वर नाथ माविमा बहिरा बिद्यार्थीहरुलाई कक्षाकोठाको अभाव , खेल तथा खेलकुद सामाग्री र मेयरकप र राष्ट्रपति रनिङ्सिल्डमा अपांगता भएका बिद्यार्थीहरुले भाग लिन पाउने वातावरणको सुनिश्चितता गरिनु पर्ने गुनासो सहितको बिषयहरुको समस्या पहिचान गरिएको समूहले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

बिद्यालयहरुमा बिद्यार्थीहरु नियमित नभएको पाईको हुँदा यस बिषयमा नगरपालिका वा स्थानियतह जिम्मेवार हुनुपर्ने देखिएको छ । सम्बन्धित नगरपालिकाले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षा , स्वास्थ्य , खाद्य लगाएतका समस्याहरुलाई बुझि समाधानका लागि मानव अधिकार समूह र बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौं ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै तौलिहवामा हप्ताको २ दिन शनिबार र मंगलबार लाग्ने हाट बजार मानव अधिकार समूहले जेठ ६ गते अनुगमन गर्दा मासु बजार , माछा बजार व्यवस्थापन नभएको पाईएको हुँदा सो को नगरपालिकाले अनुगमन गरी बजार व्यवस्थापनमा खाद्य अधिकारको सुरक्षित गरिदिन नगरपालिका समक्ष मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले ध्यानाकर्षण गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले बुझाएको ध्यानाकर्षण पत्रलाई संबोधन गर्दै बिद्यालय क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर शिक्षाको गुणस्तरमा बृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै उहाँले ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदाहरुको समाधान गर्न सम्बन्धित स्थलहरुको अनुगमन गरी समस्याहरुको समाधान गर्न नगरपालिका लागि पर्ने बताउनु भयो ।

मानव अधिकार समूहका सल्लाहकार पशुपत्तिमणि त्रिपाठीले मानव जिवनको महत्वपूर्ण स्थल भनेको बिद्यालय भएको हुँदा बालबालिकाहरुलाई शिक्षाको अधिकार बाट बञ्चित गराउन नहुने बताउनु भयो । प्रबिधि मैत्रि शिक्षामा शिक्षकहरुले ध्यान दिन आवश्यक भएको उहाँले बताउनु भयो ।

यस्तै बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीले नगरपालिकाले निर्देश गरेका बिषयहरु समेत बिद्यालयमा पालना नभएको हुँदा यस बिषयमा स्थानियतह र नगरपालिकाले समय समयमा अनुगमन गरी बिद्यार्थीहरुको समस्या समेत बुझ्न आग्रह गर्नु भयो ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मानव अधिकार समूह अध्यक्ष तथा लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मी , मानव अधिकार समूहका कोषाध्यक्ष करिता कोरी , समूहका सदस्य कृष्ण अग्रहरी , रिता थापा , औरीराम चौरासिया , लुम्बिनी अपांगता बिकास संस्थाका शिवानन्द बर्मा , संचारकर्मी सुनिल आचार्य र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य लगाएतको उपस्थिती रहेको थियो ।