मुस्लिम महिलाहरुका लागि परिवार नियोजन सम्बन्धि अभिमूखिकरण

मेचीकाली संवाददाता

११ जेष्ठ २०८०, बिहीबार
206 shares

पार्वती आचार्य

कपिलवस्तु । मुस्लिम महिलाहरुका लागि दुई दिवसिय परिवार नियोजन सम्बन्धि अभिमूखिकरण कार्यक्रम सुरु भएको छ । सिद्धिपुर सामाजिक महिला बिकास संस्थाको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं. ४ चनईमा बुधबार कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारुले महिला दिदी बहिनीहरुलाई शसक्तिकरण गर्न हरेक वर्ष बिभिन्न तालिम तथा अभिमूखिकरण कार्यक्रमहरु संचालन गर्दै आएको बताइन् । परिवार नियोजनको महत्व नबुझदा आमा र गर्भमा रहेको बच्चाले कुपोषणको समस्या भोग्न बाध्य भएको उनले बताइन् ।

सहभागि महिला दिदी बहिनीहरुलाई परिवार नियोजनको महत्वलाई बुझेर व्यवहारमा ल्याउन समेत आग्रह गरिन । उपमेयर थारुले महिलाहरुलाई शसक्तिकरण गर्न र क्षमता अभिबृद्धि गर्नकालागि बिभिन्न सिपमुलक तालिमहरु संचालन गरेको बताइन् ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ४ का वडा अध्यक्ष नसिम अहम्मद खाँले परिवार नियोजन एक साधन भएको बताउँदै सोको बारेमा आफूले नजानेका कुराहरु यस तालिममा सिक्ने र व्यवहारमा ल्याउन आग्रह गरे । ब्रहमा कुमारी ईश्वरी बिश्व बिद्यालयका प्रमुख गिता दिदीले मानव जातिलाई शुद्धवातावरण चाहिने भएको हुँदा नकारात्मक चिन्तन हटाउनु पर्ने बताइन् ।
कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूणिमा खनालले परिवार नियोजन साधनको प्रयोग जस्तै दिपो , संगिनी सूई, कपटी, पिल्स चक्की लगाएका अस्थायी साधनहरुको जानकारी र यसको फाईदा, महत्व र असरको बारेमा सहजीकरण गरेका थिए ।

यसैगरी फातिमा फाउण्डेसनका अध्यक्ष तथा प्रशिक्षक रुकैया खातुनले महिलाहरुका लागि मौलिक हक भित्र पर्ने प्रजजन स्वास्थ्यको अधिकारको बारेमा जानकारी दिएकी थिइन ।

सिद्धिपुर सामाजिक महिला बिकास संस्थाका अध्यक्ष सिता देवी न्यौपानेको अध्यक्षतामा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदारको स्वागत मन्तव्य रहेको उद्घाटन शत्रको कार्यक्रममा संस्थाका आजिवन सदस्य पार्वती आचार्यको संचालनमा सम्पन्न भएको । बिहीबारसम्म संचालन हुने अभिमूखि करण कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ४ का ६५ जना महिलाहरुको सहभागिता रहेको थियो संस्थाका सदस्य मायाँ कुवरले जानकारी दिइन ।