ज्ञानगंगा पाठशालामा गायन र कविता वाचन प्रतियोगिता

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
337 shares

बुटवल । तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालामा शुक्रबार साप्ताहिक कार्यक्रम अन्तर्गत गायन तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरूबीच गायन प्रतियोगिता, नर्सरीदेखि कक्षा १ सम्म कथावाचन र कक्षा २ देखि ४ कक्षासम्म चित्रकला प्रतियोगिता भएका हुन् । विद्यार्थीहरूको अन्तरनिहीन प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरू गर्दै आएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए । प्रतियोगिता विजेता विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालय छोटो समयमा शैक्षिक उन्नयनमा तीब्र गतिमा फड्को मारेको विद्यालयका शिक्षक कूलचन्द्र पुरीले बताए । विद्यालय लिटल् फ्लावर स्कूलबाट रुपान्तरित भएर ज्ञानगंगा भएको हो । पछिल्लो समय नयाँ व्यवस्थापनका साथ विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालय उत्कृष्ट छवि बनाउन सफल भएको सहप्राचार्य केशवराज पन्तले बताए ।

कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, श्रीमणी न्यौपाने, इसिए इन्चार्ज राजेश रोका, निमावि संयोजक कमल थापा लगायतले बोलेका थिए ।