स्थापना दिवसमा नमस्ते नेपालद्धारा वृहत सरसफाई कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१३ जेष्ठ २०८०, शनिबार
155 shares

बुटवल । सामाजिक कार्यमा अग्रसर नमस्ते नेपाल रूपन्देहीले आफ्नो १२ औँ स्थापना दिवस तीन दिनसम्म बिभिन्न सामाजिक कामहरु गरेर मनाउने भएको छ । सोही अवसरमा शनिबार पहिलो दिन वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका २ स्थित शंकरनगर स्वास्थ्य चौकी क्षेत्रमा सरसफाई गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी कार्यालय योगीकुटी, अस्थायी प्रहरी कार्यालय ड्राइभरटोलका प्रहरी तथा तिलोत्तमा नगर प्रहरी र संस्थाका सदस्यसहित एकसय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेलले संस्थाले १२ वर्षसम्म निरन्तरता पाएकोमा खुसी व्यक्त गरे । उनले नमस्ते नेपाल सामाजिक काम गर्न जन्मीएको संस्था भएकाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । शंकरनगर स्वास्थ्य चौकीका कार्यालय प्रमुख राजेश ज्ञवालीले यस्ता कार्यक्रमले स्वच्छ वातावरण निर्माणका लागि राम्रो सन्देश पुग्ने र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमका लागि आफू सधैं तयार रहने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनिस भुसालले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै सामाजिक काममा यूवाहरु एक भएर अघि बढ्नुपर्ने बताए । वि.सं २०६८ सालमा बाल क्लबका रूपमा स्थापित उक्त संस्थाले यस वर्ष आफ्नो १२ औँ स्थापना दिवस ३ दिने कार्यक्रम गर्दै मनाउदै छ । कार्यक्रमको पहिलो दिन शनिबार सरसफाई कार्यक्रम, दोश्रो दिन आइतबार सिद्दार्थ राजमार्ग अन्तर्गत गोलपार्क देखि बेलहिया सडकखण्डमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई जलपान कार्यक्रम र जेठ १५ गते सोमबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिप प्रज्वलन गरि मनाउने कार्यक्रम रहेको संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीले बताए ।

सरसफाई कार्यक्रमलाइ तिलोत्तमा नगरपालिका स्थित सामुहिक बचत तथा ऋण सहकारी संस्थाले समन्वय गरेको थियो भने उक्त कार्यक्रम संस्थाका सचिव सन्दिप पौडेल क्षेत्रीले सञ्चालन गरेका थिए ।