शुद्दोधन सहकारीको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८०, आईतवार
177 shares


तुलसीराम पौडेल —
पश्चिम् अमवा, जेष्ठ १४
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित शुद्दोधन बचत तथा ॠण सहकारीले संस्थाले आफ्नो १६ औ स्थापना दिवसको शुभ अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीको आयोजनामा शुक्रबार विहान ७ बजेदेखि ९ बजेसम्म संस्थाका पदाधिकारी ,जनप्रतिनिधि एवं सरोकारवालाहरुको सहभागितामा पश्चिम् अमवा बजार सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको थियोे ।त्यसै गरि सहकारीले उदाहरणिय कार्यको रूपमा आज आइतबार ६५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई दम्पती सहित त्रीबेणी मोक्षधाममा तिर्थ गराउने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं सहकारीका उपाध्यक्ष कृष्ण नेपालले जानकारी दिनु भयो ।सामाजिक उत्तरदायित्व कार्य अन्तरगत शनिबार सम्पन्न बृहत् निशुल्क स्वास्थ्य शिविरमा २०८ जनाले स्वास्थ्य परिक्षण गराएका थियोे ।
स्वास्थ्य शिविरमा लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि बुटवलका कार्यकारी निर्देशक भिम प्रसाद तुलाचनको नेतृत्वमा खटिएको स्वास्थ्य विशेषज्ञ टोलिबाट चिकित्सक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो ।स्वास्थ्य शिविरमा लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवलका निर्देशक केदार पाण्डे ,फिजिसियन डा.लोकमणी उप्रेती र डा. प्रवीण अर्याल , स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बविता थापा र डा.जीवन आत्रेय ,हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. हिरामणी पौडेल ,सिनियर ल्याब टेक्निसियन बालकृष्ण पौडेल ,सिनियर ल्याब असिस्टेन्ट – सुरज छहारी,फार्मेसी असिस्टेन्ट कृष्ण राना, फार्मेसी इन्चार्ज रेसमराज न्यौपाने ,सिनियर ओपिडी कोडिनेटर तुलसा पौड्याल ,सिनियर ओपिडी असिस्टेन्ट लाली शाही ,रिसेप्सन इन्चार्ज तारा भाट ,सिनियर अहेव भुवनेस्वर श्रेष्ठ , रिसेप्निस्ट हेलन गुरुङ र रन्जना सुनार लगायतबाट प्राबिधिक सहयोग प्राप्त भएको थियोे ।
त्यसै गरि स्वास्थ्य शिविरमा औषधि सहयोग गर्नेहरुमा सिद्दार्थ फार्मासिटिकल्स प्रालि बुटवल ,ग्रेस फार्मासिटिकल्स प्रालि रुपन्देही ,सिद्दार्थ फार्मासिटिकल्स प्रालि मधौलिया रुपन्देही ,इन्नोभेटिभ फार्मासिटिकल्स प्रालि रुपन्देही र सियारी गाउँपालिका रुपन्देही रहेका छन् । शुद्दोधन सहकारी बचत तथा ॠण सहकारीका अध्यक्ष मिननाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा सहकारीका उपाध्यक्ष कृष्ण नेपालले गर्नुभएको थियोे ।