ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८०, आईतवार
221 shares

बुटवल । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देहीमा आएर बसोबास गरेकाहरुको शनिबार सम्पन्न भेलाले कृष्णप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल र माधव खनाल, सचिवमा बाबुराम भुसाल, सहसचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा सावित्रा खनाल, सह–कोषाध्यक्षमा शिवलाल खनाल चयन भएका छन् । यस्तै सदस्यहरूमा युवराज खनाल, जुना खनाल, रेश्मा खनाल, एनिशा पौडेल (बन्जाडे), शान्ता खनाल, दुर्गा खनाल, माया खनाल, केशव भुसाल, माधव भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, रामु अधिकारी, शिवप्रसाद आचार्य चयन भएका छन् । एकजना सदस्य कार्यसमितिले पछि मनोनित गर्ने बताइएको छ ।

भेलामा भूमिकास्थान– रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे, प्राध्यापक बसन्तराज खनाल, धनचौर–रुपन्देही सम्पर्क समाजका अध्यक्ष दिलीप पौडेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष ढुण्डिराज खनाल, सहसचिव गोबिन्द खनाल, सदस्य योगेन्द्र खनाल, सल्लाहकार भेषराज बन्जाडे, दिनामणी अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संस्थापक अध्यक्ष कमल खनालको अध्यक्षता, बाबुराम भुसालको स्वागत तथा नारायणप्रसाद बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।