गुल्मीमा घरायसी विवाद हुँदा बुबाले काटिदिए छोराको नाक

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८०, आईतवार
119 shares

गुल्मी । गुल्मीमा घरायसी विवाद हुँदा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका ३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले हसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानका अनुसार बाबुरामको नाकमा गहिरो चोट लागेको छ । घरायसी विषयमा विवाद भढ्दै जाँदा दिलबहादुरले हसिया प्रहार गरेको उनले बताए ।

हसिया प्रहारबाट गम्भीर घाईते भएका बाबुरामको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक प्रधानले बताए । दिलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।