बाल अधिकार चेतना समूह छत्रपाली तिर्था देवीले बुझायो ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८०, आईतवार
197 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक द्वारा गठित बाल अधिकार चेतना समूहले मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविको समस्याहरुको पहिचान गरी जेठ १४ गते मायाँदेवी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा , वडा नं. १ का वडा कार्यालय र छत्रपाली माविमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले जेठ १२ गते बैठक बसी छत्रपाली तिर्था देवी माविका समस्याहरु माथि छलफल गरी बिद्यार्थीहरुबाट अनुगमन तथा समस्याहरुको पहिचान गरेका थिए ।

बिद्यार्थीहरुका लागि कक्षा ९ र १० को ऐच्छिक गणित बिषय प्राप्त नभएको , पुस्तकालयमा प्रर्याप्त पुस्तक नहुनु र भएका पुस्तकहरुको प्रयोग गर्न नपाउनु , चोटपटक लाग्दा प्राथमिक उपचारको लागि फस्टेड बक्स तथा औषधी नपाउनु , सौचालयमा पानी तथा सरसफाई सम्बन्धि कुनै पनि सामाग्री नभएको , सेनेटरी प्याडको प्रयोग पश्चात व्यवस्थापन गर्ने स्थान नभएको समस्याहरु पहिचान गरेका थिए ।

यसैगरी निशुल्क बितरण गरिने सेनेटरी प्याड गुणस्तरिय नभएको त्यो पनि बिद्यालयले आवश्यक अनुसार नदिएको , बिद्यालयमा सरसफाई सामाग्री नहुनु , शुद्धपिउने पानीको व्यवस्था नभएको , बिद्यालयमा खेलकुद सामाग्रीहरुको अभाव र भएका खेलकुद सामाग्रीहरु बिद्यार्थीहरुले प्रयोग गर्न नपाउनु , बिद्यालयको फोहोर व्यवस्थापन गर्ने स्थान नहुनु , २०७८ सालदेखि बिद्यालयको फिल्डमा यत्रतत्र अवस्थामा फालिएका डेस्कबेञ्चको संरक्षण गरिनु पर्ने लगाएतका बिषयहरुमा अनुगमन गरी समस्याहरुको पहिचान गरिएको थियो ।

खेलकुद सामाग्रीहरु सहित बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि गाउँपालि , वडा कार्यालय र बिद्यालय समक्ष भलिबल सेट , व्याडमिन्टन , क्रिकेट व्याट , बास्केट बल , स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको ।

ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख माधव प्रसाद घिमिरेले बिद्यालय व्यवस्थापन समिती , गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत र बिद्यालयका प्रधानाध्यापक संग समन्वय गरी बाल अधिकार चेतना समूहले पेश गरेको ध्यानाकर्षण पत्र माथि छलफल गरी समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी वडा नं. १ का वडा अध्यक्ष ईसाहक मुसलमानले बाल अधिकार समूहले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै बिद्यार्थीहरुको माग सान्दर्भिक भएको बताउँदै वडा नं. १ मा रहेको बिद्यालय भएको हुँदा समस्याहरुलाई समाधान गर्नतर्फ लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै बिद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बिद्यालयका बिभिन्न समस्याहरु समाधान गर्न बिद्यार्थीहरुको समेत सहयोग चाहिने बताउँदै बाल अधिकार चेतना समूहले गरेको माग बिस्तारै समाधान हुने बताउनु भयो ।

बाल अधिकार चेतना समूहका अध्यक्ष राज कुमार धोवीको संयोजकत्वमा समूहका पदाधिकारीहरू ः बिष्णु बानिया , सनोहर कोहार ,सोमिया मिश्रा , प्रदिप चौधरी , मनोज गुप्ता , सलमान मनिहार , बृजेश यादव लगायतका पदाधिकारीहरु र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, सञ्चारकर्मी सुनिल आचार्यको उपस्थिति रहेको थियो ।