गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१६ जेष्ठ २०८०, मंगलवार
202 shares

कपिलवस्तु । १६ औं गणतन्त्र दिवसको अबसर पारेर उद्योग ब्यापार संघ, कपिलवस्तुले कपिलवस्तुको दक्षिणी क्षेत्र मायादेबी गाउँपालिकाको पकडीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउपालिका अध्यक्ष बलिउद्धिन मुसलमानले पालिकामै पहिलोपटक रक्तदान कार्यक्रम गरेकोमा उद्योग ब्यापार संघ कपिलवस्तुलाई विशेष धन्यवाद दिदै आगामी दिनमा सदैब सहकार्य रहिरहने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

उद्योग ब्यापार संघ कपिलवस्तुले चेतनास्तर निकै कम बिकसित भएको मायादेवी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा संघको उच्च प्रसम्सा गर्दै आगामी दिनमा मानबिय सामाजिक तथा ब्यबसायिक गतिविधिमा साथ सहयोग र सहकार्य गर्ने वडा अध्यक्षहरुले प्रतिबद्धता जनाउनु भएको थियो ।

नयाँ पुस्ता यो परिबर्तन आजको ब्यबस्था र त्यसको लागि गरियको बलिदानको बिषयमा अनभिज्ञ रहेको जान्न बुझ्न नचाहने मनोबिज्ञान हाबी हुँदै गैरहेकोले गणतन्त्रको महत्व गरिमा एबम त्यसको लागि गरियको बलिदानीलाई स्मरण गर्न कार्यक्रमको आयोजना गरिएको हो । साथै कपिलवस्तुको दक्षिणी क्षेत्रमा रक्तदान प्रती रहेको नकारात्मक धारणालाई चिर्नकोलागि रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भयो ।

मायादेवी गाउपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानको प्रमुख आतिथ्यता , वार्ड न १ ,५ र ८ का वडा अध्यक्षहरुको विशिष्ट आतिथ्यता , उद्योग ब्यापार संघ कपिलवस्तुका कोषाध्यक्ष शालिकराम अचार्यको स्वागत मन्तव्य , सचिब शिशिर पोख्रेलको संचालन तथा संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उद्योग ब्यापार संघ कपिलवस्तुका सदस्य अब्दुर रहमान मुसलबानले गर्नु भएको थियो ।

कपिलवस्तु रक्तसंचार केन्द्र तौलिहवा , सेफा सामुदायिक अस्पतालको प्राबिधिक सहयोग , मायादेवी गाउँपालिका १ को वडा कार्यलयको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा उद्योग ब्यापार संघ , कपिलवस्तुमा आबद्ध पदाधिकारी सदस्यहरु, सामाजिक अभियान्ताहरु , सुरक्षाकर्मी एवम युवाहरुको सहभागिता रहेको थियो ।

मायादेवी १ पकडी स्थित रहेको सेफा सामुदायिक अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा ३० पोइन्ट रगत सड्ढलन भएको आयोजकले जानकारी दिएको छ । रक्तदान गर्ने दाताहरुलाई रक्तदान पश्चात प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । भने रक्तदान गर्ने अवसर दिएकोमा रक्तदान कार्यक्रममा उपस्थित सहभागिहरुले आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।