मानव अधिकार समूह मायादेवीले बुझायो वडा कार्यालयमा ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

१७ जेष्ठ २०८०, बुधबार
193 shares

सुनिल आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिकामा इन्सेकद्वारा गठित मानव अधिकार समूहले वडा नं. ५ का वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेयको संयोजकत्वमा सिसहनिया गाउँमा देखिएको शुद्धपिउने पानीको समस्या र शुभद्र जनता माविको समस्या पहिचान गरी वडा कार्यालयमा जेठ १६ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

मानव अधिकार समूहको जेठ १५ गते बसेको बैठकले जेठ १६ गते स्थलगत अनुगमन गर्ने निर्णण गरेको थियो । सोही निर्णय अनुसार अनुगमन गर्ने क्रममा मानव अधिकार समूहले बि.सं. २०१२ सालमा स्थापना भएको बिद्यालय र शुद्धपिउने पानीको समस्याहरुको पहिचान गरी वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मानव अधिकार समूहले पेश गरेको ध्यानाकर्षण पत्रमा सिसहनिया गाउँमा शुद्धपिउने पानीको अभाव , हेण्डपाईपका धाराहरु २८ देखि ३२ फिट सम्म मात्र रहेको , मोटर लागाउँदा समेत पानी नआउने , पानी सानो आए पनि पिउनकालागि उपयुक्त नभएको अनुगमनको क्रममा पाईएको थियो ।

यस्तै, शुभद्र जनता माविमा अनुगमन गर्दा शुद्धपिउने पानीको अभाव , बिद्यालयमा शिक्षकको अभाव , प्राविका शिक्षकले मावि सम्म पढाउने गरेको , बिद्यालयमा भौतिक पूर्वाधारको कमीृ हुँदा २ वटा क्लासलाई एउटै कक्षामा व्यवस्थापन गरेको , बिद्यालय भौतिक पुर्वाधारको अभाव र शिक्षकको अभावका कारण बिद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्न नसकेको बिषयहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले यस गाउँका नागरिकहरु शुद्ध पिउने पानीबाट बञ्चित भएको बताउनु भयो । साथै बिद्यालयमा पनि उस्तै समस्या भएको बताउँदै वडा कार्यालयले आउँदो आर्थिक बर्षमा केही बजेट संबोधन गरि केही समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै मानव अधिकार समूहले यस बिषयमा गाउँपलिकामा पनि ध्यानाकषर््ण गरिदिन आग्रह गर्नुभयो ।

वडा नं. ५ को सानो सिसहनिया गाउँमा मात्र एक सय भन्दा बढी घरधुरी छन् तर यस गाउँमा पिउने पानीको अभाव छ सबैका घरघरमा २८ देखि ३२ फुट सम्मका हेण्डपाईपको व्यवस्थापन भए पनि कसैको हेण्डपाईपमा राम्रोसंग पानी आउँदैन स्थानिय मगरे बढईले बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझाउन मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेय , कापिलवस्तु मानव अधिकार समूह सदस्य कृष्ण अग्रहरी र इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य लगाएतको उपस्थित रहेको थियो ।