यस्ता छन् नेपाल–भारतबीचका सात सम्झौता

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८०, बिहीबार
128 shares

काठमाडौं । नेपाल र भारतबीच केही नयाँ र केही पुराना गरी सात वटा सम्झौता भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सात वटा सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरी दुई देशबीच भएको सम्झौताबारे जानकारी दिएका छन्।

दुई देशबीच भएको पहिलो सम्झौतामा नेपाल(भारत पारवहन सम्झैता नवीकरण गरिएको छ।

दोस्रो, सीमापार पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सम्झौता भएको छ। यस अन्तर्गत भारतको अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिनेछ भने पूर्वमा सिलिगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइनेछ।

तेस्रो, परराष्ट्र मामिलाका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ। यसमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने सम्झौता भएको हो।

चौथो, कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता भएको छ। अहिले दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा निर्माण भइरहेको छ।

पाँचौं, तल्ला अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता ९पीडीए० भएको छ। अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको हो।

छैटौं, फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि सम्झौता भएको छ। नेपाल सरकार स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको हो।

सातौं, सीमा क्षेत्रमा डिजिटल पेमेन्ट सम्झौता भएको छ। नेपाल-भारतबीच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्झौतासँगै भारतीय ‘रु(पे’ले नेपालमा आधिकारिकता पाउनेछ। यसले नेपालबाट भारत अध्ययनका लागि जाने विद्यार्थी, पर्यटक र उपचारका लागि जाने बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ।