लुम्बिनी सास्कृतिक नगरपालिकामा सार्वजनिक सुनुवाइ

मेचीकाली संवाददाता

१९ जेष्ठ २०८०, शुक्रबार
369 shares


तुलसी राम पौडेल —
लुम्बिनी , जेष्ठ १९

रुपन्देही स्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाले हालै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ! सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख आतिथ्यता नगर प्रमुख सजरुद्दिन मुसलवानले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम अन्तरगत नगरपालिका भित्रका जनताले गरेका विविध प्रश्नहरुको उत्तर सम्बन्धित क्षेत्र अनुसार नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरूले सरल भाषामा दिएका थिए ।

नागरिकको प्रश्नको जवाफ दिंदै शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले बिगतमा भए जस्ता कानून र पद्धति बिपरितका कुनै पनि कार्य नगर्ने र नहुने प्रतिवद्धता व्यक्त गरिन! कार्यक्रममा आफ्नो शाखा सम्बद्ध प्रश्नको जवाफ दिंदै लुम्बिनी साँस्कृतिक नगरपालिकाले बिगतमा जस्तै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई निरन्तरता दिंदै र बेरुजु शुन्यता कायम गर्ने धारणा लेखा शाखा प्रमुख रामचन्द्र अर्यालले राखे। कार्यक्रममा आफू सम्बद्ध बिषयको जवाफ दिंदै नगर प्रमुख र नगर उपप्रमुखले नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीको पद वहालीसंगै नगरपालिका भित्र सुशासन र जनमैत्री सेवाप्रवाहको थालनी भएको जनाए! प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले सकेसम्म राम्रो गर्ने र नसके कम्तिमा नराम्रो नगर्ने सिद्धान्तबाट आफू अगाडि बढेको र असल नियतका साथ लुम्बिनी साँस्कृतिक नगरपालिकाको सेवा प्रवाह र बिकासमा तल्लिन हुने जनाउदै सम्पुर्ण जनप्रतिनिधि, नागरिक, कर्मचारी र बिकास साझेदारहरुलाई असल कर्मका लागि हातेमालोका लागि हार्दिक अनुरोध गरे! आफू नचुक्ने र नझुक्ने स्वाभावको कर्मचारी भएकाले सुशानका बाधक सबै काँडा पन्छाएर कानूनको सर्वोच्चता सहित लुम्बिनी नगरपालिकाको बिकासमा आफू २४ घन्टा खट्न तयार रहेको बताए! कार्यक्रमको संचालन नगरपालिकाका प्रेश संयोजक सुरेश परियारले गरेका थिए।