एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजद्वारा स्वागत एवं सम्मान

मेचीकाली संवाददाता

२० जेष्ठ २०८०, शनिबार
280 shares

नयाँ दिल्ली । एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीज द्वारा सम्माननिय प्रधानमन्त्रीको बिदेस भ्रमणको उच्चस्तरिय टोलिको रुपमा सहभागी रहेको नेपाल उद्योग ब्यापार महासंघको टिमलाई एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजले शुक्रबार नयाँ डिल्ली स्थित गोर्खा भवनमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ ।

प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा उच्चस्तरीय प्रतिनिधि मण्डलको रुपमा सहभागी रहेको नेपाल उद्योग ब्यापार महासंघको प्रतिनिधि मण्डललाई भारतको १४ राज्यमा आफ्नो कार्यक्षेत्र बनाएको , विभिन्न १५ बस्तुगत संघहरुको साझा सस्था एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीजले भब्य स्वागत , सम्मान तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

दुई सस्थाको आपसी सम्बन्ध तथा नेपालमा लगानी भित्राउने उद्देस्यका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्सका पदाधिकारी एवंम सदस्यहरुले नेपालको लगानीको सुरक्षा , क्षेत्र तथा बजारको अबस्थाका साथै नेपाली उत्पादनलाई भारतमा बजारिकरणका संभावनाहरुका बिषयमा जिज्ञासा राखेका थिए ।

नेपाल उद्योग ब्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले समस्त जिज्ञासाको उत्तर दिदै भन्नू भयो ‘हाल नेपालमा प्रशस्त सम्भावनाहरु छन , लगानीको स्रोत ब्यबस्थापन गरेर नेपालमा लगानी गर्न इच्छुक भए लगानिको सुरक्षा , प्रतिफल एवम सम्पुर्ण कानुनी तथा प्राबिधिक सहयोगको साथै संयुक्त लगानीको लागि नेपाल उद्योग ब्यापार महासङ्ग प्रतिबद्ध छ र ग्यारेन्टी गर्दछ ।’

विशेष महत्व दियर यो आतिथ्यता , स्वागत एवम सम्मानको लागि हृदय देखिनै हार्दिक आभार एवंम धन्यबाद दिदै महासंघका अध्यक्ष खिमलाल भन्डारीले भन्नुभयो, ‘नेपाल उद्योग ब्यापार महासंघ एभरेस्ट चेम्बर अफ कमर्सलाई नेपालमा स्वागत गर्न आतुर छौ , सदैब हामिबिचको सहकार्यले दुई देश बिचको सम्बन्ध बलियो बनाउन , नेपालमा लगानीको बाताबरण तयार गर्न , आफ्नो मातृभुमी प्रतिको माया एवम कर्तव्य निर्बाह गर्न भुमिका खेल्नेछ , नेपालमा लगानी गर्न इच्छुक सम्पुर्ण उद्योगि ब्यबसायीलाई लगानीको वातावरण तयार गर्न महासंघ प्रतिबद्ध छ ।’

कार्यक्रममा सहभागी महासंघका सदस्यहरुले विभिन्न क्षेत्रहरूमा नेपालमा लगानिको लागि उपयुक्त बाताबरण रहेको तर्फ एभरेस्ट चेम्बर अफ कमर्सको ध्यानाकर्षण गराउनु भएको थियो ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजका अध्यक्ष युबराज बरालले यो उच्चस्तरीय प्रतिनिधि मन्डल लाई स्वागत गर्न पाउँदा आफू निकै हर्षित र उत्साहित भएको बताउदै भन्नुभयो ‘नेपालमा लगानिको वातावरण तयार भए हामी लगानी गर्न तयार छौ , कानुनी अड्चन तथा प्रशासनिक झन्झटले हामिलाइ निरुत्साहित बनाउने गर्छ , महासंघले त्यो बिषयमा पहलकदमी लिइ सहयोग गरोस , एकल तथा संयुक्त लगानिका क्षेत्रहरू पहिचान गरि नेपालमा हामी लगानी गर्न चाहन्छौ ।’

सोही कार्यक्रममा नेपालमा लगानीका क्षेत्र , सम्भाब्यता लगायतका सम्पुर्ण बिषयमा प्रस्ताव तयार गर्न नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भन्डारी , महासचिव खेमनारायण पराजुली तथा एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजका अध्यक्ष युबराज बरालको नेतृत्वमा कार्यदल गठन गरिएको छ । जस्ले आषाढ मसान्त सम्म आफ्नो प्रस्ताव तयार गरि दुबै सस्थाको संयुक्त बैठकमा प्रस्तुत गरि पारित गरे पश्चात् कार्यान्वयन गरिने समझदारी भएको छ । भने दुबै सस्थाको संयुक्त बैठक नेपालमा बस्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी भ्रमणदलमा सहभागी उद्योग ब्यापार संघ कपिलवस्तु अध्यक्ष समेत रहेका खिमानन्द पौडेल (कोपिल) ले कपिलवस्तुमा कृषिजन्य उद्योग , जडिबुटी तथा प्रयटनको प्रचुर सम्भावना रहेकोले कपिलवस्तुमा लगानी गर्न एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्षलाई प्रस्ताव गर्नु भएको थियो । उँहाको प्रस्तावमा सकारात्मक रहदै एभरेस्ट चेम्बरका अध्यक्ष युबराज बरालले भन्नुभयो ‘मेरो घर पनि कपिलवस्तु भएको हुँदा त्यहा लगानी गर्दा मलाइ गर्वको अनुभुती हुनेछ ।
उक्त स्वागत तथा संमान कार्यक्रम एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रीजका महासचिव डा. मोहन कार्किको संचालन तथा अध्यक्ष युबराज बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।