बुटवलमा बस र मोटरसाइकल ठोक्किँदा गुल्मीका दुई युवाको मृत्यु

मेचीकाली संवाददाता

२० जेष्ठ २०८०, शनिबार
126 shares
सांकेतिक तस्विर

बुटवल । बुटवलमा शनिबार दिउसो भएको सडक दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङका १८ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–१२ तामनगरमा पश्मिबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९०६३ नम्बरको यात्रुबहाक बसले बिपरीत दिशातर्फबाट जाँदै गरेको लु ३९ ख ९१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए । उनिहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।