चार लाख बढी भारतीय रुपैयाँसहित युवक पक्राउ

मेचीकाली संवाददाता

२४ जेष्ठ २०८०, बुधबार
196 shares

बुटवल । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षिय राजकुमार पुन रहेका छन् ।

कृष्णनगर नगरपालिका २ यात्रुगेट नजिकैबाट मंगलबार राति ९ बजेतिर ४ लाख १७ हजार भारतीय रुपैयाँसहीत पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनले बोकेको हरियो रङको झोला चेकजाँच गर्ने क्रममा झोला भित्र सेतो र निलो रङको फाईबरको झोलामा राखेको अवस्थामा भारतीय नोट फेला परेका थिए ।

भारतीय ५ सय दरका नोट ७ सय ९४ थान र २ सय दरका नोट एक सय थान फेला परेको प्रहरी नायब उपरीक्षक घलले बताए । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।