एसईई टि–१० क्रिकेटको उपाधि लुम्बिनी च्यालेन्जर्सलाई

मेचीकाली संवाददाता

२६ जेष्ठ २०८०, शुक्रबार
1494 shares

बुटवल, जेठ २६ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट २०८० एसईई टि–१० क्रिकेट सम्पन्न भएको छ ।

२४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले उपाधि चुमेको छ । त्यस्तै उपविजेता रेती इन्स्टिच्यूट भैरहवा भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विजेताले २० हजार र उपविजेताले १० हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ विभिन्न कार्यक्रमहरु हुँदैछन । शनिबारबाट तीन दिन फुटसल प्रतियोगिता हुँदैछ । फूटसलमा ४६ टिमको सहभागिता रहेको छ ।