राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
1456 shares

बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीले बिभिन्न कार्यक्रम गरी १८औं स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा तिलोत्तमा नगरपालिका १५ कोटिहवास्थित नेपाल अबिनाश अनाथ आश्रममा रहेका २० जना बालबालिकाहरुको विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । बाल रोग बिशेषज्ञ डा.सन्तोष पोखरेलले बालबालिकाहरुको स्वास्थ्य जाँच गरेका थिए भने रेडियोलोजिस्ट डा.प्रसान्त आचार्यले भिडियो एक्सरे गरेका थिए ।

कार्यक्रममा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । चामल, दाल, नुन, तेल, अण्डा लगायतका सामग्री हस्तान्तरण गरीएको हो । यस्तै सामान्य औषधिसहितको एक सेट प्राथमिक उपचार किट बक्स, तौल मेसिन र कपी पनि हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा २० जना सेवानिब्रीत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरीएको थियो । स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ नेपाल तिलोत्तमा नगर कमिटि, पब्लिक हेल्थ फाउन्डेशन लुम्बिनी र तिलोत्तमा रक्तदाता समाजलेसमेत सहकार्य गरेका बुटवल ईन्चार्ज सिद्धार्थ आचार्यले जानकारी दिए ।

कार्यक्रममा रामेश्वर ढकालको अध्यक्षता, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता, सुनिल श्रेष्ठ, डा.सन्तोष पोखरेल, डा.प्रसान्त आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष विष्णु ढकालको स्वागत तथा सचीव गणेश भण्डारीले सञ्चालनमा कार्यक्रम भएको थियो ।