सबैको लागि खाना अभियानको ५०औं हप्ता पूरा

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
162 shares

बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिजले सबैको लागि खाना अभियानको ५० औं हप्ता पूरा गरेको छ । हरेक हप्ताको शनिवार सबैको लागि खाना अभियान सञ्चालन गर्दै आएको क्लबले ५० औं हप्तामा बुटवल बसपार्क क्षेत्रमा ५० भन्दा बढी व्यक्तिहरुलाइ खाना वितरण गरिएको थियो ।

लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष पुजन थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाकि उप प्रमुख साबित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्यालले लायन्स क्लब अफ बुटवल क्षितिजले हरेक हप्ता सबैका लागि खाना अभियान सञ्चालन गरेर ५० औं हप्ता पुर्याउनु एकदमै उत्कृष्ट सेवाको काम भएको बताइन् । साथै यस्तो उत्कृष्ट कामको सोँच र संकल्पसहित सुरुवात देखि ५० औं हप्तासम्म ल्याइ पुर्याउने क्लबका अध्यक्ष थापाको निरन्तरता र मेहनतप्रति क्लब तथा लायन्स डिस्ट्रिकले समेत उच्च मुल्यांकन गर्नुपर्ने बताइन् ।

५० औँ हप्ताको खाना क्लबका सदस्य अर्थोपेडिक डाक्टर सोम आलेले श्रीमती रिता आलेको जन्मदिनको अवसरमा सौजन्य गरेका थिए । सोही कार्यक्रममा क्लबका अध्यक्ष थापाद्वारा सञ्चालित थापा फर्निचर, क्लबका निर्वाचित अध्यक्ष लायन धुर्ब शर्मा, लायन डाक्टर सोम आले र लायन शंकर गैरेको तर्फबाट ब्रेन ट्युमर भएका बालक विश्व केसीको उपचार सहयोगार्थ नगद ३० हजार एक सय रुपैयाँ बालकको आमालाइ प्रदान गरिएको क्लबका द्वितीय उपाध्यक्ष प्रबिन्द्र गोबिन्द श्रेष्ठले बताए ।