बुटवलमा प्रहरीद्धारा गाँजा खेती नष्ट

मेचीकाली संवाददाता

२८ जेष्ठ २०८०, आईतवार
134 shares

बुटवल । प्रहरीले बुटवलमा गाँजा खेती नष्ट गरेको छ । बुटवल उपमहानगरपालिका भित्रै गाँजा खेती भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो ।

बुटवल ११ देविनगर तथा आसपास अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरी स्थानिय र जनप्रतिनिधि लगायतको सहकार्यमा नष्ट गरिएकोे प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।