होराइजन फेस्ट फूटसलको उपाधि सिद्धार्थ फूटसल क्लबलाई

मेचीकाली संवाददाता

२९ जेष्ठ २०८०, सोमबार
1593 shares

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट अन्तरगर्त फूटसल प्रतियोगिता सम्पन्न भएको छ ।

४६ टिम सहभागी प्रतियोगितामा सिद्धार्थ फूटसल क्लबले उपाधि चुमेको छ । त्यस्तै उपविजेता भि फाइभ इन्स्टिच्यूट भएको छ ।

विजेता सिद्धार्थ फूटसल क्लबले २० हजार नगद र उपविजेता भि फाइभले १० हजार नगद, पुरस्कार प्राप्त गरेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । विजेता टिमलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

बुधबार हाजिरीजवाफ प्रतियोगिता हुने कार्यक्रम संयोजक मनोज सिलवालले जानकारी दिए । विद्यालयले असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ सञ्चालन गरेको हो ।