अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालीत तालिम सम्पन्न

मेचीकाली संवाददाता

२९ जेष्ठ २०८०, सोमबार
166 shares

पार्वती आचार्य

कपिलवस्तु । अपांगता भएका व्यक्तिहरुका लागि संचालन गरिएको पन्ध्र दिने तालिम एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिका वडा नं. १ को सहयोगमा अपांग आय आर्जन कार्यक्रम अन्तरर्गत मखमलको जुत्ता , चप्पल बनाउने तालिम वडा नं. १ को वडा कार्यालयमा समापन गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी वडा नं १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्रीले तालिममा सिकेको सिपलाई सहभागिहरुले व्यवहारमा ल्याउनु पर्ने बताए । तालिमको अवधि छोटो समयको भए पनि पन्ध्र दिन सम्म सिकेको सिपलाई निरन्तरता दिन सके सिकाई प्रभावकारी हुने बताए । आगामी आर्थिक बर्षको लागि वडाबाट हुने सहयोग वडा देखि हुने छ र वडाले नगरपालिकामा समेत पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै तालिमका प्रशिक्षक बसन्ती सेन्ले सहभागिहरुलाई नबुझेका कुराहरू घरमा गएर समेत सिकाउने प्रतिवद्धता व्यक्त गरिन् । पन्ध्र दिन सम्म अपांग आय आर्जन कार्यक्रम अन्तरर्गत मखमलको जुत्ता , चप्पल बनाउने तालिमको सहजीकरण सेनले गरेकी हुन् ।

कार्यक्रममा सहभागी टिका पोख्रेलले १५ दिन सम्म सिपमुलक तालिम सिक्दा धेरै खुशी छौ तर हामी अपांगता भएका व्यक्तिहरुलाई व्यवसायी बनाउन थप तालिमको आयोजना गरिदिन वडा कार्यालयलाई आग्रह गरिन् । आगामी दिनमा कम्तीमा ३ महिनाको तालीमको आयोजना गरी व्यवसायी बन्ने वातावरणको सिर्जना गरिदिए आत्मनिर्भर बन्ने बिश्वास व्यक्त गरिन् । अपांग मैत्री सौचालय र पानीको धारा नहुदा धेरै दुख पाएको बतााउँदै अब बन्ने भवनमा हामी अपांगहरुका लागि सहज हुने खाल्का भौतिक संरचनाहरु निर्माण गर्न आग्रह गरिन् ।

यस्तै अर्का सहभागी सुर्य नारायण चौधरीले तालीम राम्रो हो तर समय कम भएको हुँदा राम्रो संग सिप सिक्न नपाएको बताए । हात चलाउन नसक्ने , आँखा देख्न नसक्ने र बोल्न नसक्ने समस्या भएका हामी अपांगता भएका व्यक्तिहरुलाई सिप मुलक तालिम अत्ति आवश्यक भएको हुँदा वडा तथा आयोजक संस्थालाई आगामी दिनमा एडभान्स तालिमको आयोजना गरिदिन आग्रह गरे ।

कार्यक्रम मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तुका अध्यक्ष ईन्दिरा पन्तको अध्यक्षतामा संस्थाका उपाध्यक्ष सुमित्रा भट्टराईको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा सदस्यहरु , कर्मचारी , संस्थाका कोषाध्यक्ष महेन्द्र प्रसाद खनाल लगाएतको सहभागिता रहेको थियो । तालिममा वडा नं. १ का १५ जनाले तालिम लिएका हुन ।