होराइजन उत्सवमा हाजिरीजवाफको उपाधि बि स्क्चायरलाई

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार
200 shares

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूल बुटवलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट अन्तरगर्त हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

५१ टिम सहभागी प्रतियोगितामा बि स्क्चायरले उपाधि चुमेको छ । त्यस्तै द्धितीय स्कलर्स कम्प्युटर इमिलिया र टिम चोजर तृतीय हुन सफल भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । विजेता टिमले क्रमस १५ हजार, १० हजार ५ हजार पुरस्कार प्राप्त गरे ।

विजेता टिमलाई प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पुरस्कार र प्रमाणपत्र वितरण गरे । सो अवसरमा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, कार्यक्रम संयोजक प्रकाश पन्थ लगायतले बोल्दै विद्यार्थीहरुका लागि पढाईसँगै खेलकूद पनि आवश्यक रहेको बताएका थिए ।

विद्यालयले क्रिकेट, फूटसल र हाजिरीजवाफ प्रतियोगिता गरिसकेको छ । असार १ गतेसम्म विद्यालयले विभिन्न ५ वटा इभेन्ट सम्पन्न गर्नेछ । देशकै प्रतिष्ठित शैक्षिक संस्था होराइजनले विद्यार्थीको खेल प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले समय समयमा यस्ता प्रतियोगिताहरु गर्दै आइरहेको छ ।