‘वानएक्स बेट’ प्रकरणः कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार
488 shares

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बोलाएको हो।

‘वानएक्स(बेट’मा विज्ञापन गरेको आधारमा उनलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो। त्यस्तै वानएक्स बेटको विज्ञापन गर्ने अन्य कलाकार माथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ।

बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो।