शुद्दोधनमा एक दिने वैदेशिक रोजगार अभिमुखिकरण

मेचीकाली संवाददाता

५ असार २०८०, मंगलवार
1967 shares


तुलसी राम पौडेल —
फर्साटिकर, आषाड ५
रुपन्देही स्थित शुद्दोधन गाउँपालिका -३ का युवा युवतीहरुको लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि एक दिने वैदेशिक रोजगार अभिमुखिकरण कार्यक्रम फर्साटिकरको रिद्दिसिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो। कार्यक्रम नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आयोजनामा सम्पन्न भएको हो । शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै यस किसिमको अभिमुखिकरण कार्यक्रम वैदेशिक रोजगार जान चाहने युवाहरुको लागि अति जरुरी भएको बताउनु भयो ।अभिमुखी करण कार्यक्रमको सहजीकरण प्रशिक्षक द्वय भोजराज न्यौपाने र दिपक नेपालीले गर्नुभएको थियोे ।अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारमा जानभन्दा अगाडि अपनाउनुपर्ने सजगता ,वैदेशिक रोजगार जाने व्यक्तिको सामाजिक सुरक्षा लगायत सुविधाहरुको वारेमा प्रशिक्षण दिइएको थियोे ।