नेपाल स्काउट लुम्बिनीद्धारा स्थापना दिवसमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता

मेचीकाली संवाददाता

५ असार २०८०, मंगलवार
205 shares

बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशले ७२ औं स्थापना दिवसको अबसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता गरेको छ । नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो । जसमा माउण्ड भ्याली टप प्रथम, प्रगती स्काउट टप दोस्रो, नविन स्काउट टप तेस्रो भएका छन् । रामपुर स्काउट सान्तवना भएको छ । उत्कृष्ट प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई नगदसहित मेडल प्रमाण पत्र र मायांको चिनोबाट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले नेपाल स्काउटले राष्ट्र निमार्णमा महत्पूर्ण भुमिका खेलेको बताउदै स्काउट क्षेत्रलाई फराकिलो बनाउनु पर्ने बताउनु भयो । पछिल्लो समय स्काउटले शिक्षाको क्षेत्रमा खेलेको भुमिका महत्पूर्ण भएकाले स्काउटको क्षेत्रलाई फराकिलो बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराईले नेपाल स्काउट लम्बिनी प्रदेशले बिगतदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गदै आएको बताउनु भयो । एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियानलाई देशभर अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । शुुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताउनुभयो । उहाले कोभिड १९ को सयमा निरन्तर काम गर्ने स्काउटरहरुलाई कोभिड १९ पदक तथा बिभुषण बाट सम्मान गरिएको बताउनु भयो । आगामि स्थापना दिबस मनाउदा अत्याधिक बिद्यालयहरुमा स्काउटको युनिटहरु बिस्तार गर्ने लक्ष्य लियको बताउनु भयो ।

कार्यक्रममा बुटबल उपमहानगरपालिका पूर्व नगर प्रमुख शिवराज सुवेदी,बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्याल पूर्व उपप्रमुख गोमादेवी आचार्य, सिद्धार्थ नगरपालिका उपमेयर उमा अधिकारी समाजसेवी राजेन्द्र ढकाललगायते बोल्दै स्काउले सामाजिक खलेको भूमिका महतवपूर्ण रहेको बताउंदै आगमी दिनमा पनि रचनात्मक कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानार्थ भट्टराईको अध्यक्षयता, तारा पुरीको सञ्चालन र रुपन्देही जिल्ला इन्र्चाज भरत अर्याको स्वागतमा कार्यक्रम भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ८ सय भन्दा बढि स्काउटरको सहभागिता रहेको थियो ।