लुम्बिनी साँस्कृतिक नगरपालिकामा ज्ञवालीको दुई महिने उपलब्धि

मेचीकाली संवाददाता

७ असार २०८०, बिहीबार
338 shares


बुटवल , आषाड ६
लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिई आएका उपसचिव राम प्रसाद ज्ञवालीले बैशाख ६ गते हाजिर गरी कामकाज सुरु गरेका हुन् ! कामकाज सुरु गरेको दुई महिनामै लुम्बिनी साँस्कृतिक नगरपालिकामा निकै महत्वपूर्ण कामहरुको थालनी गरेका छन् ! बिगत पाच बर्षको अवधिमा सुरुवात सम्म हुन नसकेको नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति, भवन निर्माण स्थलसम्मको बाटो निर्माण तथा एसियायी बिकास बैंक संग निरन्तर समन्वय गरी ३६ करोडको लागतमा भवन निर्माणको कार्य गर्ने कामको सुरुवात गर्न सफल भएका छन् ! लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासकीय भवनलाई साँस्कृतिक झल्को दिने गरी भवनको डिजाइनको काम भैरहेको ज्ञवालीले जनाए! यो दुई महिने अवधिमा ज्ञवालीले सुरुवात गरेको अर्को महत्वपूर्ण काम नगरपालिकाको फोहोरमैला व्यवस्थापनको दिगो समाधान गर्ने गरी गरिएको पहल कदमी हो! बिगत पाच बर्षसम्म सुरुवातसम्म हुन नसकेको फोहोरमैला व्यवस्थापनको कार्यलाई यसपटक ज्ञवालीकै विशेष पहलमा वडा नम्बर ४ मा रहेको सार्वजनिक स्थानमा सरसफाइ केन्द्रको रुपमा साइट सजावट गरी पिकनिक स्थल र पार्क समेत बनाई फोहोरमैलाको व्यवस्थापन गर्न यु एन डि पि संग सहकार्यको थालनी भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालले जनाए! उक्त कार्य साझेदारी मोडलबाट गर्ने गरी काम अगाडि बढाइएको हो! फोहोरमैला व्यवस्थापन नगर्दा अन्तरास्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको पर्यटन क्षेत्रको बिकासमा बाधा उत्पन्न हुने देखेर उक्त कार्यलाई प्राथमिकतामा राखी ज्ञवालीले काम अगाडि बढाएका हुन् ! हाल एसियायी बिकास बैंकले ग्लोबल पार्क, बसपार्क, सडक पुर्वाधार लगायतको बिकास निर्माणका काममा एक अर्ब भन्दा बढी लगानी गर्ने गरि काम अगाडि बढाएको छ । कार्यालयमा हाजिर भएर काम सुरुवात गरेका ज्ञवालीले हालको नगर कार्यपालिकाको भाडामा रहेको प्रशासकीय भवन सेवा प्रवाह र सुशासनका दृष्टिले अनुपयुक्त रहेको भनी सबै शाखाहरु एउटै भवनमा अट्ने गरी नयाँ भाडाको भवनमा सर्ने गरी तयारी सुरुवात गरेका छन् ! उनी भन्छन् ” काम गर्ने उपयुक्त कार्य वातावरण नभए गुणस्तरीय सेवा प्रवाह र बिकास निर्माण हुन सक्दैन जसले सुशासनको लक्ष्य पूरा हुन सक्दैन । त्यसैले उपयुक्त कार्य वातावरण बिना कार्य उत्प्रेरणा हुन सक्दैन । त्यसैले स्थायी प्रशासकीय भवन नबन्दा सम्मको लागि उचित भवनमा स्थानान्तरण गर्दैछौं!”
ज्ञवालीको अबको ध्यान कर्मचारी ब्यबस्थापन रहेको छ! सबै शाखा प्रमुख तथा कर्मचारीहरुलाई सेवा प्रवाहमा जिम्मेवार र उत्तरदायी रहेको नगरपालिकाका प्रशासन शाखा प्रमुख शोभाखर पौडेलले बताए । कुन कर्मचारीले के काम, कसरी गर्ने भन्ने कार्य विवरण तयार गरी सोही बमोजिम जिम्मेवारी हेरफेर गर्ने तथा कर्मचारीको राइटसाइजिङ गर्ने तयारी प्रमुख प्रशासकीय अधिकृतले रुपरेखा तयार गरिरहेको पौडेलले बताए। अब २०८०/०८१ को सुरुवात संगै नयाँ भाडाको भवनमा कार्यालय सारी सेवा प्रवाहको गुणस्तरीयता र सुशासनलाई ध्यानमा राखी काम सुरु गरिने पौडेलले जनाए । नगर प्रमुख सजरुद्दिन मुसलवान र उपप्रमुख कल्पना हरिजनले ज्ञवालीको आगमनले नगरपालिकाका बिबिध कार्यहरूले गति लिएको बताए ।