शैक्षिक क्षेत्रदेखि मानवीय जीवनका समस्या समाधानका लागि संस्था सक्षम छः प्रमुख आचार्य

मेचीकाली संवाददाता

१० असार २०८०, आईतवार
389 shares

पार्वती आचार्य

कपिलवस्तु । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले शैक्षिक क्षेत्र देखि समाज परिवर्तन गर्न र मानवीय जिवनका समस्याहरुको समाधान गर्नका लागि सिद्धार्थ सामाजिक बिकास केन्द्र सक्षम भएको बताउनु भएको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा काम गर्दै आएको यस संस्थाले महिला , बालबालिका , दलित , मुश्लिम , पछाडी परेका वर्गहरुको उत्थानकोलागि संस्थाले लिएको उद्देश्य प्रसंशनिय छ भन्ने सबैको बुझाई भएको कारण वक्ताहरुबाट धेरै जिज्ञासा आएको बताउनु भयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले आयोजना गरेको सामाजिक व्यक्तिहरुबाट संस्थागत पृष्ठपोषण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख आचार्यले सो कुरा बताउनु भएको हो । बैदेशिक रोजगार , लागू औषध दुव्र्यसनी , फोहोर मैला व्यवस्थापन , आय आर्जनलाई थप व्यवस्थापन गर्न आग्रह गर्दै कपिलवस्तुका दश स्थानियतह सम्म संस्थालाई कार्यक्रमहरु संचालन गर्न सुझाव समेत दिनु भयो ।

बच्चा गर्भअवस्थामा रहे देखि बच्चा जन्मिसकेपछि उसको अधिकार भित्र पर्ने खोप , पौष्टिक आहार , शिक्षा , स्वास्थ्यको बिषयमा सिद्धार्थ सामाजिक बिकास संस्थाले पूर्ण सहयोग गर्दै आएको हुँदा आगामी दिनमा यसरी नै निरन्तरता दिन आग्रह गर्नुभयो । मानव अधिकारका सवालहरुको समाधानकालागि सिद्धार्थ सामाजिक विकास केन्द्रलाई स्थानियतह र बिभिन्न संघसंस्थाहरुको समन्वय हुन आवश्यक भएको भनाई छ ।

कार्यक्रमका बिशिष्ट अतिथी बाणगङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले बाणगङ्गा नगरपालिकामा आफु जिम्मेवार भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, लगायतका पक्षलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भयो । नगरपालिकाबाट महिला , बालबालिका, युवा, युवती वृद्धवृद्धा , अपांग लगायत सम्पुर्ण पक्ष समेटिने गरि विभिन्न कार्यक्रम संचालन गरिहेको र उक्त कार्यक्रमबाट केही उपलब्धिहरु समेत हासिल भएको हुँदा त्यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।

कृषकको लागि अत्यावश्यक मलको विषयमा केन्द्रको नितिकै कारण कृषकहरुले पैसा तिर्दा पनि मल नपाउनु दुखको बिषय भएको बताउनु भयो । बाणगंगाले गत वर्षमा पनि कृषकहरुको लागि विभिन्न कार्यक्रम ल्याएको बताउँदै आगामि वर्षकालागि पनि त्यस्ता कार्यक्रमलाई समेटिएको उपमेयर चौधरीले बताउनु भयो । सिद्धार्थ सामाजिक बिकास केन्द्र मार्फत कार्यक्रमहरु संचालन गर्दा गर्दै आफू यस स्थानमा आउन सफल भएको भन्दै प्रशंसा गर्नु भयो । साथै यस संस्थासंग नगरपालिकाले फोहोर व्यवस्थापन तथा सरसफाईमा सहकार्य गरेर अगाडी बढीरहेको जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले भुमिहिन सुकुम्बासीका समस्या, रोजगार सृजना लगायतका कार्यमा गैरसरकारी संघ सस्थाहरु सङ्ग सरकारी नियकाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

सिद्धार्थ क्यााम्पसका निवर्तमान अध्यक्ष झविलाल पोख्रेलले अत्याधिक मात्रमा बढ्दो लागू पदार्थ दुव्र्यसनीबाट धेरै युवाहरुको भविष्य जोखिममा रहेको हुँदा यसलाई न्यूनिकरण गर्न स्थानियतहले बिभिन्न अभियानहरु संचालन गर्न आग्रह गर्नुभयो । साथै पछिल्लो समय महिला हिंसाका घटनाका कुराहरु गरिरहँदा बैदेशिक रोजगारमा गएका पुरुषहरु हिंसामा परेको बताउँदै लामो समयसम्म खाडी मुलुकमा दुख गरेर घरमा पैसा पठाउछन् घरमा आउँदा नत घरमा श्रीमती नत दुख गरेर कमाएर पठाएको रुपैंया यस्तो खाल्को हिंसा बढ्दै गएको हुँदा यस बिषय प्रति पनि ध्यानाकर्षण हुन आवश्यक भएको बताउनु भयो ।

यसैगरी सिद्धार्थ क्याम्पस बुङ्चिका उपप्रध्यापक गोबिन्द प्रसाद खनालले क्याम्पसमा अध्यनरत अधिकांश विद्यार्थी बेरोजगार भएकै कारण पढाई छोडिरहेको भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्र सहित निजि संघ सस्था र सरकारी निकायले रोजगार सृजनाका कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले कपिलवस्तुका विभिन्न भेगमा मानव अधिकारका कुरा उठ्ने भएकाले त्यस क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउँदै समाजलाई उत्पादनमुखि बनाउने खाल्का कार्यहरुको गर्नु आग्रह गर्नुभयो ।

त्यस्तै रेडियो हर्ट विट एफएमका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराईले संस्थालाई आर्थिक पक्षमा बलियो बनाउनको लागि स्थायी स्रोतको व्यवस्थापन गर्न सुझाव दिनु भएको थियो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले लामो समय देखि कपिलवस्तुका विभिन्न संघ सस्था र क्षेत्रहरुसङ्ग सहकार्य गर्दै उत्कृष्ट कार्य गरेको भन्दै सिद्धार्थ सामाजिक विकास केन्द्रले आगामी दिनमा कपिलवस्तु जिल्लामा मात्र नभएर देशैभर नाम कमाउने किसिमले काम अगाडी बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सामाजिक विकास केन्द्रले मात्र नभएर सम्पुर्ण सरकारी र गैर सरकारी संस्थाहरुले रोजगार वृद्धि, कृषि सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ, मानवअधिकार लगायतका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन । सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालीत सामाजिक व्यक्तिहरु बाट संस्थागत पृष्ठपोषण कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्त क्षेत्र सङ्गै समाज परिवर्तन, सामाजिक मुद्दा, वातावरण संरक्षण, लागुपदार्थ दुव्र्यसनी, महिला तथा बालअधिकार, सुशासन लगायतका विभिन्न पक्षलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहिको अध्यक्षतामा बाणगंगा नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी , सिद्धार्थ सामाजिक बिकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेल , संस्थाका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य , समाजसेवी विष्णु न्यौपाने , बिभिन्न संघ संस्थामा कामगर्ने प्रतिनिधिहरु , मानव अधिकारकर्मीहरु , पत्रकार लगाएतको उपस्थित रहेकोथियो ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रिलोचन घिमिरेको स्वागत तथा सह सचिव दुर्गा प्रसाद अर्यालको संचालमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव हरिलाल शर्माले संस्थागत बिषयमा सहजीकरण गर्नु भएको थियो ।