चारपाला सामुदायिक वनमा वृक्षरोपण

मेचीकाली संवाददाता

१४ असार २०८०, बिहीबार
559 shares

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले बिहीबार वृक्षरोपण गरेको छ । वृक्षरोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा विभिन्न प्रजातिका दुई हजार ६ सय विरुवा तारबारसहित २.५ हेक्टर क्षेत्रमा लगाइएको हो ।

वृक्षरोपण कार्यक्रमका बोल्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ पौडेलले वनको विकास गर्दै पर्या पर्यटन विकासको क्षेत्रमा वनले काम गर्दै आएको बताए । वनमा डढेलो नियन्त्रणको लागि अग्नि रेखा निर्माण, ढलापला काठ संकलन र उपभोक्तालाई विक्री वितरण गरिएको जानकारी दिए । आगामी दिनहरुमा पनि वन विकास र स्वच्छ अभियान, वृक्षरोपणलाई व्यापक बनाउने नीति अनुसार काम गर्दै जाने प्रतिबद्धता अध्यक्ष पौडेलले व्यक्त गरे । चारपाला नेपालकै ठूलो सामुदायिक वन हो ।

वनका सल्लाहकार उदय राज काफ्लेले वनको संरक्षण र विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा राम कुमारी पौडेल, दुर्गा पाठक पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा सम्पूर्ण कार्य समिति, सल्लाहकार, लेखा, न्यायिक समिति, उपसमितिका उपभोक्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।