वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघद्वारा शोकसभा सम्पन्न

मेचीकाली संवाददाता

२४ असार २०८०, आईतवार
669 shares

कपिलवस्तु । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता केन्द्रिय महासंघ नेपाल , लुम्बिनी प्रदेश महासंघ र लुम्बिनी प्रदेश अन्तर्गत रहेका जिल्ला महासंघको संयुक्त आयोजनामा शोकसभा सम्पन्न गरिएको छ ।

डिभिजनल वन अधिकृत कपिलवस्तुका बिजय राज सुबेदी र बाँके जिल्ला शंसेरगंज सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शुसिल सुवेदीका स्वर्गीय पिता नवराज सुवेदीको असार १७ गतेका दिन ७८ बर्षको उमेरमा दुःखद निधन भएको थियो ।

सातौं दिनको पुण्य तिथीको अवसरमा बाँके जिल्ला कोहलपुर २ स्थित स्वर्गीय नवराज सुवेदीको आफ्नै निवासमा असार २३ गते शोकसभा सम्पन्न गरिएको हो । स्वर्गीय सुवेदीको चिरशान्तिको कामना गर्दै शोक सन्तप्व्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय सुवेदीको तस्बिरमा फुल र टिका माल्यापण गरिएको थियो ।

उक्त कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता केन्द्रिय महासंघका अध्यक्ष रेनु सेन , वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मी , सचिव कृष्ण केसी , केन्द्रिय सदस्यहरु , लुम्बिनी प्रदेशका अध्यक्ष दिपक थापा , महासचिव होम बहादुर गुरुङ्ग , सचिव टोप बहादुर खड्का लगाएत सदस्यहरु र जिल्ला महासंघका अध्यक्षहरु , सदस्दयहरु लगाएत सम्पूर्ण सामुदायीक वनका पदाधिकारीहरुको शोकसभामा उपस्थित रहेको थियो ।