तिनाउ पुल नजिकै २० वर्षीय युवा मृत फेला

मेचीकाली संवाददाता

२४ असार २०८०, आईतवार
146 shares

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक तिनाउ खोला किनारमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए । विकको शरिरमा बाहीरी चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।