एभरेष्ट बैंक र सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२५ असार २०८०, सोमबार
390 shares

बुटवल । एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सिद्धार्थ राजमार्ग अन्र्तगत भैरहवाको देवकोटा चोकमा वृक्षरोपण गरीएको हो ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र बैंकका लुम्बिनी प्रदेश प्रबन्धक लव प्रसाद कुईकेलले संयुक्त रुपमा वृक्षरोपण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेल, एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक धु्रव प्रसाद आचार्य लगायत सिद्धार्थनगर नगरपालिका र एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

वृक्षरोपण गरौ, वातावरण संरक्षणमा टेवा पुर्याऔं भन्ने नाराका साथ आयोजना गरीएको वृक्षरोपण कार्यक्रमले नगरको हरियाली प्रवद्र्धन तथा शहरी सौन्दर्य वृद्धिमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै उक्त कार्यक्रममा नगर प्रमुख खाँ ले एभरेष्ट बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत वृक्षरोपण कार्यक्रमसँगै विद्युतिय शवदाह गृह निर्माण तथा मर्मत सम्भार लगायतका सामाजिक कार्यहरुका लागी सहकार्य गर्दै आएको र आगामी दिनमा समेत थप सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्यक्रम गर्दै आईरहेको छ ।

स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । देशभर १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।