संस्कार इङलिस बोर्डिङ स्कुलमा बधाई तथा शुभकामना

मेचीकाली संवाददाता

२७ असार २०८०, बुधबार
379 shares


तुलसीराम पौडेल —
सियारी, आषाड २६
रुपन्देहीको सियारी गाउँपालिका – ४ शिवपुर स्थित संस्कार इङलिस बोर्डिङ स्कुलमा एसईई परीक्षा २०७९ मा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईंले एक कार्यक्रमका बीच बधाई तथा शुभकामना कार्यक्रमको उद्दघाटन गर्नुभयो ।सो अवसरमा शिक्षाको गुणस्तर कायम गर्न संस्थागत विद्यालयहरु सामुदायिक विद्यालय भन्दा धेरै अगाडि हुँदा हुँदै पनि राज्यले विभेदको नीति लिएको बताउनु भयो । विद्यालयका प्राचार्य लोक शर्मा बस्यालले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगतिले यस क्षेत्रको पहिचानको रुपमा स्थापित भएको बताउनु भयो।
परीक्षाको नतिजाले शिक्षाको गुणस्तर मापन हुन त नसक्ला तर सियारीले लिने आधारभुत तहमा पालिका प्रथम ,एसईईमा विगत चार बर्षमा लगातार रेप्सा र पालिका प्रथम र द्वितीय ,रास्टिय परीक्षा बोर्डबाट लिइने कक्षा १२ मा पनि यस क्षेत्रमा उच्च ग्रेड सहित संस्कार इङलिस बोर्डिङ स्कुल अब्बल प्रमाणित भएको प्राचार्य बस्यालले बताउनु भयो । कार्यक्रममा सफल विद्यार्थी ,सफल विद्यार्थीका अभिभावक ,आफ्नो बिषयमा ए प्लस नतिजा दिने विषयगत शिक्षकहरु गिता न्यौपाने ,पोषण ज्ञवाली ,किशोर भण्डारी र लोक शर्मा बस्याललाई दोसल्ला ,प्रमाणपत्र र उपहारले विशेष सम्मान गरिएको थियोे ।
संस्कार इङलिस बोर्डिङ स्कुलका छात्र मनिष मिश्रले ३.९ जिपिए प्राप्त गरी रेप्सा प्रथम र सियारी गाउँपालिका प्रथम हुन सफल भएका थिए ।त्यसै गरी सोही विद्यालयका छात्र टोपलाल बन्जाडेले ३.७५ जिपिए ल्याई सियारी गाउँपालिका दोस्रो हुन सफल भएका थिए । एसईई परीक्षामा ३३ जना विद्यार्थी सहभागी भएका थिए ।
विद्यालयका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापगाईको प्रमुख आतिथ्यता, विद्यालयका संस्थापक बुद्धि बहादुर सिलवालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा ,प्याब्सन जिल्ला सदस्य तथा शुद्दोधन प्याब्सन अध्यक्ष झलक बहादुर थापा ,रेप्सा सल्लाहाकार केशव कंडेल ,मैनहिया माविका प्रधानाध्यापक बिष्णु गौतम लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रमको संचालन सहायक प्राचार्य यमलाल आचार्यले गर्नुभएको थियो ।