ज्ञानगंगा पाठशालामा एसईई उत्तीर्णलाई सम्मान

मेचीकाली संवाददाता

२७ असार २०८०, बुधबार
1166 shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मंगलबार आगामी शैक्षिक यात्राको शुभकामना सहित सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले २८ जना विद्यार्थीले उत्कृष्ट जीपीए ल्याउन सफल भएको खुसी ब्यक्त गर्दै विद्यालयले आगामी दिनमा झनै राम्रो प्रगतिका साथ अघि बढने बताए । विद्यालयका प्राचार्य चन्द्र अधिकारीले विद्यालयले यस वर्ष उत्कृष्ठ नतिजा ल्याएको बताउँदै आगामी शैक्षिक यात्रा झनै राम्रो बनाएर अघि बढने बताए ।

विद्यालयका सहप्राचार्य केशवराज पन्तले उत्तीर्ण विद्यार्थीलाई आगामी दिनमा अझै राम्रो गरेर अघि बढन सुझाव दिए । सो अवसरमा शिक्षक मिलन राना, निर्मला थापा, मनिष पौडेल, नाजमिन बेगम, निमावि संयोजक कमल थापा, प्रावि संयोजक सन्ध्या घिमिरे, पूर्व प्रावि संयोजक लक्ष्मी जिसी, विद्यार्थी अंकित अधिकारी, प्रकृति कोइराला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कुलचन्द्र पुरीले गरेका थिए ।