प्रगती सामुदायिक बनमा वृक्षरोपण, ३२ हजार बिरुवा रोपिने

मेचीकाली संवाददाता

२८ असार २०८०, बिहीबार
372 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नं ७ स्थित प्रगती सामुदायिक बन उपभोक्ता समूहले बन क्षेत्रको करिव ३० बिगाह जग्गामा ३२ हजार बृक्षरोपण शुरु गरेको छ । प्रगती सामुदायिक बनको आयोजनामा जिल्ला बन कार्यालय कपिलवस्तुको आर्थिक सहयोग तथा सव डिभिजन बन कार्यालय मोतिपुरको प्राविधिक सहयोग र ७ नं वडा कार्यालयको समन्वयमा बृक्ष रोपण कार्यको शुरु गरिएको प्रगती सामुदायिक बन उपभोक्ता समूहले जानकारी दिएको छ ।

उक्त बन क्षेत्रमा जामुन, टिक, अमला, बेल, आँप र बडरा लगाएत बिभिन्न जातका बिरुवाहरु लगाउन शुरु गरिएको हो । जिल्ला बन कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रदेशमै सबै भन्दा ठुलो क्षेत्रफलमा बत्तिस हजार बिरुवा लगाउने प्रदेशकै पहिलो बाणगंगा नगरपालिका वडा नं। ७ को प्रगती सामुदायिक बन नमूना सामुदायिक बन भएको जनाएको छ ।

उक्त बृक्षारोपण अभियानलाई पूर्णरुपले सफल पार्न वडा अध्यक्ष बिष्णु गिरि सहित जनप्रतिनिधिको टिम , प्रगती सामुदायिक बनका अध्यक्ष लक्ष्मण खड्काको नेतृत्वमा रहेको समिती, धैरेनीडाँडा टोल बिकास संस्थाका अध्यक्ष भिम बहादुर थापा सहितको संस्थागत टिम सक्रिय रुपमा लागेको बताईएको छ ।

वडा नं। ७ को मोतिपुर डाँडादेखि पश्चिम पट्टिी रहेको खुला चौर , बगरमा २० हेक्टर अर्थात ३० बिगाहा जग्गामा बिभिन्न प्रजातिका ३२ हजार बिरुवा लगाउने अभियान अत्यन्तै सह्रायिन भएको बाणगंगा नगरपालिका वडा नं। ७ वडा अध्यक्ष बिष्णु गिरिले बताए । खालि जग्गाको पहिचान गरी बृक्ष रोपण गर्दा उक्त क्षेत्र हराभरा हुनु भनेको वडाको मात्र नभएर नगरको लागि गौरवको बिषय भएको वडा अध्यक्ष गिरिले बताए । निर्वाचनको समयमा घोषणा पत्रमा पनि वडा नं। ७ लाई गृन र क्लिन भिलेज बनाउने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा धैरेनीडाँडा टोलबिकास संस्थाका अध्यक्ष भिम बहादुर थापाले बृक्ष रोपण कार्यक्रमले बन वतावरण र पर्यावरणमा उपभोक्ताहरुलाई सहयोग पु¥याउने बताए । लुम्बिनी प्रदेशमै यस सामुदायिक बनलाई नमूना बन बनाउने उद्देश्य सबैको रहेको अध्यक्ष थापाको भनाई छ ।

प्रगति सामुदायिक बन क्षेत्रमा पर्ने मोतिपुरडाँडाको पश्चिम तर्फ कोईली नदी पारीको चौरमा २५ हजार टिक, ४ हजार जामुन, २ हजार शिसौ, १ हजार अमला र बडरा लगाएतका ३२ हजार बिरुवाहरु रोपिने छ । हाल सम्म १५ हजार बृक्षा रोपण गरि सकिएको छ भने १८ हजार बिरुवा यहि असार मसान्त भित्र रोपी सक्ने प्रगती सामुदायिक बन उपभोक्ता सामूहका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।

उक्त बिरुवाहरु हुर्काउन र संरक्षण गर्न चारैतिरबाट तार, पोल र जाली लगाईएको छ ।
बृक्ष रोपण कार्यक्रममा मोतिपुर डाँडा, धैरेनी डाँडा, कोईली बनगाईका नागरिकहरुको उत्साहजनक उपस्थिती रहेको छ । जिल्ला बन कार्यालय कपिलवस्तु र सव डिभिजन बन कार्यालय मोतिपुरका कर्मचारीको समेत सहयोगात्मक भूमिका रहेको बताईएको छ ।