बुटवल । बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क बृहत स्वास्थ शिविर सम्पन्न भएको छ । संस्थाको १५ औं स्थापना दिवसको अवसरमा पूर्व सैनिक कल्याणकारी क्लबको सभा हल तामनगरमा आयोजित कार्यक्रममा २२५ जना व्यक्तिहरुले निःशुल्क स्वास्थ जाँच गराएका छन् ।
शिविरमा बुटवल १३ जितगढि स्थित एडमन्ड सिटि हस्पिटल प्रालि प्राबिधिक सहयोग गरेको थियो । जनरल फिजिसियन, महिला तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, जनरल सर्जन, भिडियो एक्स रे, डेन्टल र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरुको सेवा सहित प्रयोगशाला सेवा र औषधि समेत निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।
संस्थाका अध्यक्ष भिम बहादुर थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत यी र यस्तै विभिन्न कार्यक्रम गर्दै आएको भन्दै संस्था स्थापनाको अवसर पारेर तामनगर बासी दाजुभाइ दिदीबहिनीहरुको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी बुटवल १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्यले प्रयास सहकारीले समाजका प्रती खेल्दै आएको भूमिकाको तारिफ गर्दै प्रयास सहकारी जस्तै कृयाशिल संघ संस्थाहरु सङ्ग सहकार्य गर्न स्थानीय सरकार तत्पर रहेको कुरा उल्लेख गरे । कार्यक्रम संस्थाका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत तथा सचिव प्रकाशमणी खनालको सञ्चालनमा सम्पन्न भएको संस्थाका सञ्चालक झबिन्द्र आचार्यले जानकारी दिए ।